काठमाडौं— मध्य इन्डोनेसियामा मंगलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ भने हाल सम्म कुनै हताहत वा क्षतिको रिपोर्ट गरएको छैन ।
मध्य सुलावेसी प्रान्तको पालुको दक्षिणपूर्वमा बिहान १०ः२७ बजे भूकम्प गएको जनाइएको छ ।
इन्डोनेशियाको मौसम विज्ञान, जलवायु विज्ञान र जियोफिजिक्स एजेन्सीका अनुसार भूकम्प पालू र सिगीमा भूकम्पको ठूलो झड्का महसुस गरिएको थियो, तर सुनामीको खतरा भने नरहेको जनाइएको छ ।
दक्षिणपूर्वी एशियाली राष्ट्र इन्डोनेसियाको विशाल द्वीपसमूह, प्रशान्त रिंग अफ फायर लगायतमा यसको अस्थितिको कारण बारम्बार भूकम्प आउने गरेको जनाइएको छ ।
यसअघि सन् २०१८ मा पालूमा आएको ७।५ म्याग्निच्युडको भूकम्प र त्यस पछि आएको सुनामीका दुइ हजार २०० भन्दा बढीको ज्यान गएको थियो ।






































