विदेश

    Showing 1,601-1,610 of 2,050 items.
  • सन् २०२१ मा चीनको जन्मदर न्यून

    एजेन्सी / चीनको जन्मदर गतवर्ष न्यूनमा झरेको आधिकारिक तथ्याङ्कले सोमबार देखाएको छ । विश्लेषकहरूले अपेक्षा गरेभन्दा बढी बुढ्यौलीको कारण आर्थिक वृद्धिको चिन्तालाई गहिरो बनाउन सक्ने चेतावनी दिएका छन् ।बेइजिङले जनसङ्ख्याको बढ्दो संकटको सामना गरिरहेको छ किनभने यसले द्रुत रूपमा वृद्ध कार्यबल, सुस्त अर्थतन्त्र र दशकहरूमा देशको सबैभन्दा कमजोर जनसङ्ख्या वृद्धिको सामना गरिरहेको छ । राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्कअनुसार सन् २०२० मा १००० व्यक्तिमा ८.५२ दर रहेकोमा सन् २०२१ मा ७.५२ मा झरेको सो विभागले जनाएको छ ।सो विभागकाअनुसार सन् १९४९ मा कम्युनिष्ट चीनको स्थापना हुँदाको रेकर्ड सुरु भएयता यो तथ्याङ्क सब

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 139 पटक पढिएको
  • ‘सुपर मम’ बघिनीको मृत्यु

    काठमाडौं   / २९ वटा डमरुलाई जन्म दिएको  बघिनीको मृत्यु भएको छ ।  ‘कलरवाली’ र  ‘सुपर मम’ नामबाट चर्चित बघिनीको भारतको मध्यप्रदेशस्थित पेन्च राष्ट्रिय निकुञ्जमा मृत्यु भएको हो ।१७ वर्षको यो बघिनी तीन – चार दिनदेखि बिरामी रहेको र गत शनिबार पेन्च राष्ट्रिय निकुञ्जमा मृत्यु भएको मध्यप्रदेशस्थित वन विभागले जनाएको छ । निकुञ्जका अधिकारीहरूको उपस्थितिमा उसको अन्तिम संस्कार गरिएको थियो ।वनमन्त्री डा कुँवर विजय शाहले कलरवालीको मृत्युबाट अपूरणीय क्षति पुगेको बताएका छन् ।

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 140 पटक पढिएको
  • अष्ट्रेलियाको सिड्नीमा नेपाली युवती मृत फेला

    एजेन्सी / अष्ट्रेलियाको सिड्नीमा नेपाली युवती मृत अवस्थामा फेला परेकी छन्। अष्ट्रेलियामा हाल एमपीएल अध्ययनरत २२ वर्षीय सुस्मिता कपाली मृत अवस्थामा भेटिएकी हुन्।काठमाडौंको कीर्तिपुर घर भएकी सुस्मिता अध्ययनका लागि २ वर्षअघि अष्ट्रेलिया गएकी थिइन् । मृतकको शव नेपाल पठाउन न्युसाउथ वेल्समा गैर आवासीय नेपाली संघले गो-फण्डमि मार्फत सहयोग संकलन सुरू गरेको छ ।अभियानबाट १० हजार डलर संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म १३ हजार ६ सय ५९ डलर संकलन भइसकेको छ।परिवारको अनुमतिमा सहयोग संकलन सुरु गरिएको संघका युवा संयोजक बिक्रम दाहालले जानकारी दिएका हुन् ।

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 195 पटक पढिएको
  • जापान र अमेरिकामा सुनामीको चेतावनी

    एजेन्सी / दक्षिणी प्रशान्तमा ज्वालामुखी पछि विस्फोटका कारण कुनै पनि बेला सुनामी आउने भन्दै अमेरिका र जापानले आफ्ना नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ । तीन मिटरभन्दा अग्लो छाल आउन सक्ने र १.२ मिटर अग्लो छालले दक्षिणी क्षेत्रमा असर गर्न सक्ने जापानले चेतावनी दिएको छ । अमेरिकामा पनि पानीको छाल र सुनामीका कारण तटीय क्षेत्रमा बाढी आउन सक्ने जनाइएको छ । हुंगा तोंगा–हुंगा हापाई ज्वालामुखी विस्फोटको आवाज सुरुमा दक्षिणी प्रशान्त क्षेत्रभित्र सुनिएको र त्यसको असर अमेरिकाको तटीय क्षेत्रसम्म पुगेको जनाइएको छ । तोंगाका अधिकांश क्षेत्र खरानी भएको र विद्युत, फोन लाइन र इन्टरनेट सेवा अव

    • प्रकाशित मितिः माघ २, २०७८
    • 137 पटक पढिएको
  • जापान र अमेरिकामा सुनामीको चेतावनी : सावधानी अपनाउन आग्रह

    एजेन्सी / दक्षिणी प्रशान्तमा ज्वालामुखी पछि विस्फोटका कारण कुनै पनि बेला सुनामी आउने भन्दै अमेरिका र जापानले आफ्ना नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ ।तीन मिटरभन्दा अग्लो छाल आउन सक्ने र १/२ मिटर अग्लो छालले दक्षिणी क्षेत्रमा असर गर्न सक्ने जापानले चेतावनी दिएको छ । अमेरिकामा पनि पानीको छाल र सुनामीका कारण तटीय क्षेत्रमा बाढी आउन सक्ने जनाइएको छ । हुंगा तोंगा–हुंगा हापाई ज्वालामुखी विस्फोटको आवाज सुरुमा दक्षिणी प्रशान्त क्षेत्रभित्र सुनिएको र त्यसको असर अमेरिकाको तटीय क्षेत्रसम्म पुगेको जनाइएको छ । तोंगाका अधिकांश क्षेत्र खरानी भएको र विद्युत, फोन लाइन र इन्टरनेट सेवा अवरुद्ध

    • प्रकाशित मितिः माघ २, २०७८
    • 134 पटक पढिएको
  • भारतमा ३० गुणाले वढ्यो कोरोना संक्रमण

    एजेन्सी / भारतमा एक महिनामा कोभिड संक्रमण तीस गुनाले बढेको छ । तर, सामाजिक दूरी, यात्रा प्रतिबन्धजस्ता सङ्क्रमणबाट बच्ने उपाय अवलम्बन गरिएको पाइँदैन ।कोभिड बढिरहेका बेला लाखौँ हिन्दु भक्तजनहरूले गङ्गा नदीमा सामूहिक स्नान गरेका छन् । मकर संक्रान्तिको अवसरमा लाखौँले सामूहिक स्नान गरेका हुन् । हिन्दु धर्मअनुसार संक्रान्तिमा पवित्र गङ्गामा स्नान गर्नाले सम्पूर्ण पाप नष्ट हुनुका साथै मृत्युपछि पुण्य प्राप्त हुन्छ ।शनिबार पश्चिम बङ्गालस्थित गङ्गामा भक्तजनको भीड नै लागेको थियो । उनीहरूले सङ्क्रमणको कुनै ख्याल नै गरेका थिएनन् । भारतमा महाराष्ट्र पछि पश्चिम बङ्गालमा सबैभन्दा बढी कोभिड संक्रमित छन् । को

    • प्रकाशित मितिः माघ २, २०७८
    • 151 पटक पढिएको
  • भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ६८ हजारमा कोभिड संक्रमण

    काठमाडौँ / भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ६८ हजारमा कोभिड संक्रमण देखिएको छ । यो सँगै भारतमा एक महिनामा कोभिड संक्रमण तीस गुनाले बढेको छ । तर, सामाजिक दूरी, यात्रा प्रतिबन्धजस्ता सङ्क्रमणबाट बच्ने उपाय अवलम्बन गरिएको पाइदैन् । कोभिड बढिरहेका बेला लाखौं हिन्दु भक्तजनहरू गङ्गा नदीमा सामूहिक स्नान गरेका छन् । मकर संक्रान्तिको अवसरमा लाखौँले सामूहिक स्नान गरेका हुन् । उनीहरूले सङ्क्रमणको कुनै ख्याल नै गरेका थिएनन् । भारतमा महाराष्ट्र पछि पश्चिम बङ्गालमा सबैभन्दा बढी कोभिड संक्रमित छन् । कोभिड बढेपछि भारतका विभिन्न शहरहरूमा रात्रिकालीन कफ्र्यू लगाइएका छन् । 

    • प्रकाशित मितिः माघ २, २०७८
    • 130 पटक पढिएको
  • भारतमा ओमिक्रोन संक्रमितको संख्या ६ हजार नाघ्यो

    एजेन्सी / भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६८ हजार जना कोरोना संक्रमित थपिएका छन्। ती मध्ये ६ हजार बढीमा ओमिक्रोन संक्रमण देखिएको छ। शुक्रबारको तुलनामा शनिबार भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको भारतीय संचारमाध्यहरुमा समाचार छ। यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ लाख २२ हजार ६ सय ८४ जना संक्रमित निको भएका छन्।भारतमा अहिले सक्रिय संक्रमितको संख्या १४ लाख १७ हजार ८ सय २० पुगेको छ। शुक्रबार भारतका विभिन्न राज्यहरुमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका ६ हजार ४१ जना संक्रमित थपिएका छन्। भारतको महाराष्ट्रमा सवै भन्दा बढी कोरोना संक्रमित देखिएका छन्।

    • प्रकाशित मितिः माघ १, २०७८
    • 138 पटक पढिएको
  • अमेरिकाको रासायनिक कारखानामा आगलागी

    एजेन्सी  / संयुक्त राज्य अमेरिकाको न्यु जर्सी राज्यको पासाकमा रहेको एक रासायनिक कारखानामा शुक्रबार भीषण आगलागी भएको छ ।फक्स न्युजले जनाएअनुसार शुक्रबार राति पासाइकको एक रासायनिक प्लान्टमा आगो लागेको थियो । पासाइक मेयर, हेक्टर लोराले सबै नजिकका बासिन्दाहरूलाई उनीहरूको झ्यालहरू बन्द गर्न आग्रह गरेका छन् ।‘हामी सबै बासिन्दाहरूले झ्याल बन्द गर्न र नजिकको क्षेत्रबाट टाढा रहन आवश्यक छ’ लोराले भने । लोराका अनुसार प्लान्ट भित्रको रसायनमा आगो नपुगेको तर नजिकैबाट फैलिएको फक्स न्युजले बताएको छ ।

    • प्रकाशित मितिः माघ १, २०७८
    • 142 पटक पढिएको
  • युरोपेली संसद्‌का अध्यक्ष सासोलीको निधन

    ब्रसेल्स(एजेन्सी)  युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ । उनको ६५ वर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरूले जानकारी दिएका छन् । उनका प्रवक्ताले स्थानीय समयानुसार बिहान १.१५ मा उनको निधन भएको पुष्टि गरेका छन् । इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका बेला उनको निधन भएको सासोलीका प्रवक्ता रोबर्टो कुइल्लोले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।इटलीका राम्रा राजनीतिज्ञका रुपमा चिर परिचित सासोली गत दुई हप्ताभन्दा अगाडिदेखि अस्पतालमा उपचाररत थिए । उनी युरोपेली संसद्को अध्यक्षका रुपमा भने सन् २०१९ मा निर्वाचित भएका थिए । 

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 162 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.