एजेन्सी / शुक्रबार इन्डोनेसियाको पश्चिमी प्रान्तमा आएको भूकम्पमा परी ७ जनाको मृत्यु भएको छ ।सुमात्रा क्षेत्रमा आएको सो भूकम्पमा परी अरु ८५ जना घाइते भएका थिए ।

शुक्रबारको भूकम्पले करिब दश हजार जति घरमा क्षति पनि पुर्याएको बताइएको छ । यहाँको भूकम्प मापनसम्बन्धी एजेन्सीले दिएको जानकारीनुसार यो भूकम्प ६.१ रेक्टर स्केलको रहेको छ ।सो क्षेत्रमा पछि पनि पराकम्पनहरु आइरहेकाले नागरिकहरुलाई सुरक्षित भएर बस्न भनिएको छ ।

OM Sai Pathibhara Hospital

क्षतिको पूर्ण विवरण आइपुगेको छैन । प्रारम्भिक रुपमा गरिएको अनुमानमा अरु केही मानिसहरु घाइते भएको अनुमान गरिएको छ ।