काठमाडौं  / युक्रेन र रुसको जारी युद्धमा हालसम्म आफ्ना ५०० सैनिक मारिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

युद्ध सुरु भएपछि पहिलो पटक रुसको रक्षा मन्त्रालयले क्षतिको विवरण सार्वजनिक गरेको हो ।

यसअघि युक्रेनले एकपक्षीय रूपमा रुसी पक्षको हताहती र क्षतिबारे तथ्यांक सार्वजनिक गर्दै आएको थियो ।

रुसी रक्षा मन्त्रालयका अनुसार, युद्धको दौरानमा झन्डै १,६०० सैनिक घाइते भएका छन् । तर विश्लेषकहरूले यो तथ्यांकमा आशंका व्यक्त गरेका छन् ।