एजेन्सी  / अमेरिकाले रुसी विमानलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाउने तयारी गरेको छ । रुसले युक्रेनमा गरिरहेको सैन्य आक्रमणको विरोधमा अमेरिकाले रुसी विमानलाई प्रतिबन्ध लगाउने तयारी गरेको हो । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार रुसमाथि प्रतिबन्धको घोषणा गर्नेछन् । यसअघि युरोपेली मुलुकहरु र क्यानडाले पनि रुसको लागि आफ्नो हवाई क्षेत्र बन्द गरिसकेका छन् । यसअघि पनि विभिनन मुलुकले रुसमाथि प्रतिबन्धको घोषणा गरिसकेका छन्। जसको कारण धेरै उडान रद्द भएको छ भने धेरै उडानको मार्ग परिवर्तन गरिएको छ ।

OM Sai Pathibhara Hospital

रुसले अहिलेसम्म अमेरिकाले हवाई प्रतिबन्ध लगाए त्यसको बदलामा के गर्ने भन्ने विषयमा कुनै संकेत दिएको छैन ।