विदेश

    Showing 1,281-1,290 of 2,133 items.
  • डोनल्ड ट्रम्पले राष्ट्रपतिका लागि उम्मेदवारी दिने

    एजेन्सी / अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा  उम्मेदवारी दिने घोषणा गरेका छन् । फ्लोरिडास्थित आफ्नो निवासमा मार ए लागो अगाडि भेला भएका समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकालाई पुनः वैभवशाली बनाउनका लागि पुनः उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।यो मेरो मात्रै अभियान होइन, हाम्रो अभियान हो भन्दै उनले आफ्नो अभियानले अमेरिकालाई पुनः एकीकृत गर्ने दाबी पनि गरे । संसदीय निर्वाचनमा आफ्नो पक्षका थुप्रै उम्मेदवारहरू पराजित भएको र रिपब्लिकन सिनेटमा पनि बहुमत पुर्याउन असफल भएको बेला ट्रम्पले २०२४ को उम्मेदवारी घोषणा गरेका हुन् ।ट्रम्पले उम्मेदवारी घोषणा

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 169 पटक पढिएको
  • तीन फुटबल खेलाडीको गोली हानी हत्या

    एजेन्सी / अमेरिकाको युनिभर्सिटी अफ भर्जिनिया फुटबल टिमका तीन सदस्यलाई क्याम्पसमा गोली हानी हत्या गरिएको छ । आइतबार साँझ फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चल्दा उनीहरूको मृत्यु भएको हो । मारिनेहरूमा भर्जिनिया बीचका दोस्रो वर्षका विद्यार्थी डेभिन चन्डलर, फ्लोरिडाको मियामीका चौथो वर्षका विद्यार्थी डिसेन पेरी र रिच हिल, साउथ क्यारोलिनाका तेस्रो वर्षका विद्यार्थी लाभेल डेभिस रहेका छन्।त्यस्तै अन्य दुई जना घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार युनिभर्सिटी क्याम्पसको पार्किङ ग्यारेजमा उनीहरूमाथि आक्रमण भएको हो । घटनामा संलग्न एक सन्दिग्धलाई भने पक्राउ गरेको छ ।

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 205 पटक पढिएको
  • नतासा बनिन स्लोभेनियाकी पहिलो महिला राष्ट्रपति

    एजेन्सी  / स्लोभेनियाले पहिलो महिला राष्ट्रपति पाएको छ । नतासा पिर्क मुसार देशको पहिलो महिला राष्ट्रपतिको रुपमा निर्वाचित भएकी हुन् । पत्रकार तथा वकिल मुसार अमेरिकी पूर्वप्रथम महिला मेलानिया ट्रम्पसँग निकट मानिन्छिन् । उनले पूर्वविदेशमन्त्री आन्जे लोगरलाई पराजित गरेकी छन् । मुसारले करिब ५४ प्रतिशत मत प्राप्त गरेकी थिइन् भने लोगरले ४६ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।करिब २० लाख जनसङ्ख्यामा ४९ दशमलब ९ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा मेलानिया ट्रम्पको हितको रक्षा गर्न मुसारलाई वकिलको रूपमा नियुक्त गरिएको थियो ।

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 165 पटक पढिएको
  • इस्तानबुलमा विस्फोट हुँदा ६ जनाको मृत्यु

    एजेन्सी / टर्कीको राजधानी इस्तानबुलको मुटुको एउटा व्यस्त सडकमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ।आइतबार साँझ भएको सो विस्फोटमा ८१ जना घाइते बढी घाइते भएका स्थानीय गभर्नरले जनाएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।उपराष्ट्रपति फुआत ओक्तेले विस्फोटलाई एक महिलाले गराएको आतङ्कवादी हमला भएको अनुमान गरिएको बताए । इस्तानबुलमा एक पत्रकार सम्मेलनमा उनले आक्रमणको निन्दा गर्दै हमलामा ‘आतङ्कको गन्ध’ आएको बताए ।न्याय मन्त्री बेकिर बोजडागले विस्फोट हुनुभन्दा केही मिनेटअघि एउटी महिला ४० मिनेटभन्दा बढी समयसम्म विस्फोट क्षेत्रमा रहेका बताए । राष्ट्र

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 158 पटक पढिएको
  • विश्वयुद्धकालीन दुई विमान ठोक्किएर दुर्घटनाग्रस्त

    एजेन्सी / अमेरिकामा विश्वयुद्धकालीन दुई पुराना विमानहरू ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् । टेक्सास राज्यस्थित डलास नजिक एउटा स्मारक एयर शोमा भाग लिइरहेका बेला उक्त विमानहरू ठोक्किएर दुर्घटनाग्रस्त बनेको हो ।फुटेजमा कम उचाइमा रहेका विमानले एकअर्कालाई प्रहार गरिरहेको देखिन्छ । एउटा विमान आधा टुक्रा परेको र भुइँमा खस्दा आगो लागेको देख्न सकिन्छ ।दुई विमानमा कति जना सवार थिए वा कोही बाँचे भने तत्काल खुल्न सकेको छैन । दुईमध्ये एउटा बोइङ बी–१७ फ्लाइङ फोट्र्रेस थियो । संघीय उड्डयन प्रशासनले शनिबारको विंग्स ओभर डलास एयर शोमा भएको दुर्घटनाको अनुसन्धान गर्ने बताएको छ ।हताहतिको संख्या अझै पुष्टि भइनसकेको

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 158 पटक पढिएको
  • हतियारधारीको आक्रमणबाट मेक्सिकोमा ९ जनाको मृत्यु

    एजेन्सी / हतियारधारीहरूले मध्य मेक्सिकोको गुआनाजुआटो राज्यको एउटा बारमा आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ । उक्त हत्यामा लागू औषध तस्करहरूको संलग्नता रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् । अपासियो एल अल्टो सहरमा उक्त हमला भएको हो । ‘हतियारधारी पुरुषको एक समूहले लेक्सस बारमा हमला गर्दा पाँच पुरुष र चार महिलाको मृत्यु भएको बताइएको छ । स्थानीय सञ्चारमाध्यमले पछिल्लो आक्रमण सान्ता रोजा डे लिमाका नेता जुआन रोडोल्फो येपेजको मंगलबार पक्राउ गरेको बदला भएको बताएका छन् । गुआनाजुआटो एक औद्योगिक राज्यमा जलिस्को न्यु जेनेरेसन र सान्ता रोजा डे लिमा ड्रग तस्करबीच हिंसात्मक झडप हुने गर्छ । 

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • 172 पटक पढिएको
  • रुस–युक्रेन युद्ध : १ लाख रुसी सेना मृत वा घाइते भएको अमेरिकी दाबी

    एजेन्सी / युक्रेनमा १ लाखभन्दा बढी रुसी सैन्य कर्मचारीहरू मारिएका वा घाइते भएका र किभका सेनाहरूले पनि त्यस्तै क्षति भोग्नु परेका शीर्ष अमेरिकी जनरल मार्क मिलेले दाबी गरेका छन् । ‘तपाईंले १ लाख रुसी सैनिकहरू मारिएका र घाइते भएकाहरूलाई राम्ररी हेर्दै हुनुहुन्छ’, मिलीले न्यूयोर्कको इकोनोमिक क्लबमा भने ।मिलेले उपलब्ध गराएको तथ्यांक (जसको स्वतन्त्र पुष्टि हुन बाँकी छ) ले संयुक्त राज्य अमेरिकाको सरकारबाट युद्धको आठ महिनाभन्दा बढी समयसम्मको ठूलो मानवीय क्षति देखाउँछ ।मिलीले युद्ध अन्त्य गर्ने विषयमा वार्ताको सम्भावना रहेको पनि बताए । रसिया वा युक्रेनका लागि सैन्य विजय सम्भव नहुन उनको भनाइ छ ।‘त्

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • 171 पटक पढिएको
  • गोली लागेर घाइते भएका इमरान खान अस्पतालबाट डिस्चार्ज

    एजेन्सी / पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट डिस्चार्ज भएका छन् । बिहीबार एक चुनावी र्‍यालीमा गोली लागेर घाइते भएका ७० वर्षीय खान उपचारपछि डिस्चार्ज भएका हुन् । उनको खुट्टामा गोली लागेको थियो ।पूर्वसूचना मन्त्री फवाद चौधरीले खानलाई डिस्चार्ज गरिएको बताएका छन् । गत अप्रिलमा सत्ताच्युत भएसँगै राजनीतिक सरगर्मी बढेको पाकिस्तानमा उनीमाथि गोली प्रहार भएपछि थप अस्थिरता बढ्ने संकेत गरिएको छ ।

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 168 पटक पढिएको
  • ४३ जना सवार विमान तालमा खस्दा १९ जनाको मृत्यु

    एजेन्सी / ४३ जना यात्रु सवार विमान तालमा खस्दा १९ जनाको मृत्यु भएको छ । तान्जानियामा एक यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको हो । प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना भएको बीबीसीले जनाएको छ । स्थानीयवासी र माझीहरुले डुंगाको सहायतामा यात्रुहरुलाई उद्धार गरेका थिए ।उक्त विमान दारेसलामबाट बुकोबाका लागि उडेको थियो । विमान दुर्घटनाको कारण खुलेको छैन । यद्यपि दुर्घटनाको कारण खराब मौसम भनिएको छ । भिक्टोरिया ताल बुकोबा विमानस्थलको नजिकै छ । अफ्रिकाको सबैभन्दा ठूलो ताल पनि हो । राष्ट्रपति सामिया सुलुहु हसनले घटनाप्रति शोक व्यक्त गर्दै घाइतेको उपचारमा तीव्रता दिन न

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 177 पटक पढिएको
  • संयुक्त अरब इमिरेट्समा भेटियो इसाई धर्माबलम्बीहरूको वर्षौ पुरानो मठ (भिडियाे रिर्पाेटसहित)

    एजेन्सी / संयुक्त अरब इमिरेट्स (युएइ) मा एक वर्षौ पुरानो इसाई मठ फेला परेको छ, जुन इस्लामको उदय र पैगम्बर मुहम्मदको जन्म भन्दा पहिलेको भनिन्छ । डेली मेलको रिपोर्टका अनुसार यो मठ १४०० वर्षअघि निर्माण गरिएको हो । मठको अवशेषहरूमा गलियारा आकारको चर्चको आकार फेला परेको थियो । थप रूपमा त्यहाँ बप्तिस्माको लागि छुट्टै कोठाहरू र धेरै कोठाहरूको अवशेषहरू थिए जुन प्राय: चर्च समारोहहरूको लागि वेफर र रोटी बनाउन प्रयोग गरिन्छ । यससँगै त्यहाँ धेरै साना कोठाहरू पनि थिए जसलाई क्रिश्चियन धर्मका पुजारीहरूले एकान्तमा समय बिताउन र भगवानको ध्यान गर्न प्रयोग गर्छन् ।रिपोर्टका अनुसार यो खोजले फारसको खाडी वरपर इसाई धर्

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 185 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.