एजेन्सी / अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा  उम्मेदवारी दिने घोषणा गरेका छन् । फ्लोरिडास्थित आफ्नो निवासमा मार ए लागो अगाडि भेला भएका समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकालाई पुनः वैभवशाली बनाउनका लागि पुनः उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

यो मेरो मात्रै अभियान होइन, हाम्रो अभियान हो भन्दै उनले आफ्नो अभियानले अमेरिकालाई पुनः एकीकृत गर्ने दाबी पनि गरे । संसदीय निर्वाचनमा आफ्नो पक्षका थुप्रै उम्मेदवारहरू पराजित भएको र रिपब्लिकन सिनेटमा पनि बहुमत पुर्याउन असफल भएको बेला ट्रम्पले २०२४ को उम्मेदवारी घोषणा गरेका हुन् ।

OM Sai Pathibhara Hospital

ट्रम्पले उम्मेदवारी घोषणा गरे पनि रिपब्लिकन पार्टीको प्राइमरीबाट उनको नाम अनुमोदन हुनेछ । फ्लोरिडाबाट निर्वाचित सिनेटर रोन डिस्यान्टीलाई पनि रिपब्लिकनको सम्भावित राष्ट्रपतिय उम्मेदवारको रुपमा हेर्ने गरिएको छ ।