एजेन्सी / टर्कीको राजधानी इस्तानबुलको मुटुको एउटा व्यस्त सडकमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ।

आइतबार साँझ भएको सो विस्फोटमा ८१ जना घाइते बढी घाइते भएका स्थानीय गभर्नरले जनाएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

OM Sai Pathibhara Hospital

उपराष्ट्रपति फुआत ओक्तेले विस्फोटलाई एक महिलाले गराएको आतङ्कवादी हमला भएको अनुमान गरिएको बताए । इस्तानबुलमा एक पत्रकार सम्मेलनमा उनले आक्रमणको निन्दा गर्दै हमलामा ‘आतङ्कको गन्ध’ आएको बताए ।

न्याय मन्त्री बेकिर बोजडागले विस्फोट हुनुभन्दा केही मिनेटअघि एउटी महिला ४० मिनेटभन्दा बढी समयसम्म विस्फोट क्षेत्रमा रहेका बताए । 

राष्ट्रपति रेसेप तैयप एर्दोगानले दोषीलाई कारबाही गरिने बताएका छन् । ट्वीटरमा पोस्ट गरिएको भिडियोमा विस्फोटपछि ठूलो धुवाँको मुस्लो आवाज सुन्न सकिन्छ।