एजेन्सी / हतियारधारीहरूले मध्य मेक्सिकोको गुआनाजुआटो राज्यको एउटा बारमा आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ । उक्त हत्यामा लागू औषध तस्करहरूको संलग्नता रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् । अपासियो एल अल्टो सहरमा उक्त हमला भएको हो ।

‘हतियारधारी पुरुषको एक समूहले लेक्सस बारमा हमला गर्दा पाँच पुरुष र चार महिलाको मृत्यु भएको बताइएको छ । स्थानीय सञ्चारमाध्यमले पछिल्लो आक्रमण सान्ता रोजा डे लिमाका नेता जुआन रोडोल्फो येपेजको मंगलबार पक्राउ गरेको बदला भएको बताएका छन् । गुआनाजुआटो एक औद्योगिक राज्यमा जलिस्को न्यु जेनेरेसन र सान्ता रोजा डे लिमा ड्रग तस्करबीच हिंसात्मक झडप हुने गर्छ ।

OM Sai Pathibhara Hospital