विदेश

    Showing 1,251-1,260 of 2,133 items.
  • मट्टितेलको मूल्य ५० रूपैँयाले घटाइयो

    श्रीलंकामा मट्टितेलको मूल्यमा ५० रूपैँया घटाइएको छ। श्रीलंकाको सरकारी स्वामित्वको इन्धन आयातकर्ता तथा वितरक सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी) ले मट्टितेलको मूल्य घटाउने प्रस्तावलाई बुधबार राष्ट्रपति रनिल विक्रमासिङ्घेले अनुमोदन गरेका थिए।राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले मार्च १ को मध्यरातदेखि मूल्य घटाउने घोषणा गरेको छ।मट्टितेलको मूल्य प्रतिलिटर ५० रुपैयाँ (०.१४ अमेरिकी डलर) घटाएर ३०५ रुपैयाँ कायम गरिएको छ। औद्योगिक मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३४ रुपैयाँले घटेर ३ सय ३० रुपैयाँमा झरेको निगमले जनाएको छ।सन् २०२२ मा घरेलु आर्थिक संकटका कारण अनुदान हटाइएपछि दक्षिण एसियाली मुलुकमा मट्टिते

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 228 पटक पढिएको
  • मलेसिया पुगेका एक नेपाली होस्टेलबाटै सम्पर्कविहीन

    झापा – वैदेशिक रोजगारी क्रममा मलेसिया पुगेका बाराका रिकेश ठाकुर आफू बसिरहेको होस्टेलबाट सम्पर्कविहीन भएका छन्। गएको पुस २१ गते रोजगारीका लागि मलेसिया पुगेका रिकेश मलेसियाको पुत्राजयस्थित होस्टेलबाटै सम्पर्कविहीन भएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार, रिकेश मानसिक रूपमा अस्वस्थ भएपछि नेपाल फर्काउने प्रक्रिया चलिरहेको थियो ।तर उनी होस्टेलबाटै हराए । परिवार, आफन्त, कम्पनी र दूतावास कसैलाई पनि रिकेशले सम्पर्क गर्नुभएको छैन । त्यसैले मलेसियामा कसैले देखेमा वा भेटेमा दूतावासको हटलाइन नम्बर ०१६२४७२७७७ नम्बरमा सम्पर्क गरिदिन दूतावासले अनुरोध गरेको छ ।

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 185 पटक पढिएको
  • दुईवटा रेल ठोक्किँदा २६ जनाको ज्यान गयो

    ग्रीसमा दुईवटा रेल ठोक्किँदा कम्तिमा २६ जनाको ज्यान गएको छ । ८५ जना यात्रु घाइते भएका छन् । मध्य ग्रीसको टेम्पे सहर नजिक यात्रुबाहक र मालबाहक दुईवटा रेल एकआपसमा ठोक्किएका हुन् । यात्रुबाहक रेल एथेन्सबाट उत्तरी सहर थेस्सालोनिकी जाँदै गरेको तथा मालबाहक रेल थेस्सालोनिकीबाट लारिसाका लागि छुटेको थियो । दुर्घटनामा रेलका डिब्बाहरु उछुट्टिएका थिए र तीनवटा डब्बामा आगो लागेको थियो ।आगो निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीहरुको टोली खटिएका थिए । दुई वटा रेल आपसमा ठोक्किनुको कारण खुल्न नसकेको थेसाली क्षेत्रका गभर्नर कोन्स्टान्टिनोस अगोरास्टोसलाई उद्धृत गरी समाचार संस्था द गार्जियनले जना

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 179 पटक पढिएको
  • भारत नयाँदिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ

    भारत नयाँदिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परेका छन् । केन्द्रीय अन्वेषण ब्युरो सीबीआईले सिसोदियालाई हिजो बेलुका पक्राउ गरेको हो । सीबीआईले दिल्लीको मदिरा नीति सम्बन्धमा भएको भनिएको भ्रष्टाचारबारे अनुसान्धान गरिरहेको थियो ।अनुसन्धानका क्रममा सिसोदियालाई सीबीआईले कार्यालयमा बोलाएको थियो । सिसोदियाले अनुसन्धानमा नसघाएको आरोप लागेको बीबीसी हिन्दीले जनाएको छ । सिसोदिया आम आदमी पार्टी (आप) का नेता हुन् । उनको गिरफ्तारीलाई आम आदमी पार्टीले तानाशाही भनेको छ ।आपले भारतीय जनता पार्टी भाजपाले राजनीतिक प्रतिशोध साधेको आरोप  लगाएको छ ।  उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परे पछि

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 188 पटक पढिएको
  • अमेरिकामा चिकित्सक र बिरामी बाेकेकाे विमान दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु

    अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको ज्यान गएकाे छ। गएकाे शुक्रवार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट हराएको विमान दुर्घटना भएको मध्य लियोन काउन्टीको अग्नि नियन्त्रण कार्यालयलाई उद्धृत गर्दै क्षेत्रीय आपत्कालीन चिकित्सा सेवा प्राधिकरण (आरईएमएसए) ले आज जनाएको बीबीसीमा उल्लेख छ। दुर्घटनाग्रस्त विमानमा चालक बाहेक एक जना परिचारिका, एक जना चिकित्सा सहायक, एक जना बिरामी र उनको परिवारका एक जना सदस्य थिए । प्रतिकूल मौसमका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ । यद्यपि दुर्घटनाको

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • 185 पटक पढिएको
  • आम आदमी पार्टी र भाजपाका सदस्यहरूबीच झडप (भिडियोसहित)

    काठमाडौं - दिल्ली महानगरपालिका (एमसीडी) मा बुधबार आम आदमी पार्टी र भाजपाका सदस्यहरूबीच झडप भएको छ। जसमा पुरुष पार्षद र महिला पार्षदहरूले एकअर्कालाई लात र मुक्का प्रहार गरेका थिए भने सदनमा बोतलहरू फालियो र मतपेटिकामा तोडफोड गरिएको थियो।मेयरको निर्वाचनपछि बुधबार साँझ स्थायी समितिको निर्वाचन सुरु भएको थियो। त्यसपश्चात् झडप भएको थियो।​ शेली ओबेरोयले भाजपाका नेता तथा कार्यकर्ताले आफूलाई आक्रमण गरेको बताएकी छिन्। उनले भनिन्, 'यो हो बीजेपीको गुंडागर्दीको हो। महिलामाथिको आक्रमण गर्नेलाई कडा कारबाहीको माग गर्दछु।'सदनमा बुधबार राति अबेरसम्म हंगामा जारी रह्यो। दुवै दलका पार्षदहरु सदनमै सुतेका थ

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 235 पटक पढिएको
  • फेरि गयाे टर्कीएमा भूकम्प

    टर्कीएमा ६ दशमलव ४ रेक्टरस्केलको अर्को भूकम्प गएको छ । टर्कीएको प्रकोप तथा आपत्कालीन एजेन्सी अफादका अनुसार स्थानीय समय अनुसार गएराति आठ बजेर ४ मिनेटमा भूकम्प गएको हो । नयाँ भूकम्पमा परि  तीन जनाको ज्यान गएको छ । यो भूकम्पले अन्टाक्यामा क्षति पुर्याएको छ ।टर्कीए र सिरियामा गरी ६ सय ८० जनाभन्दा धेरै घाइते भएका छन् । केही मानिसहरु भग्नावशेषमा फसेका छन् । उनीहरुको खोजी तथा उद्धारको काम भइरहेको छ ।नयाँ भूकम्पपछि पनि केही परकम्प गएको बीबीसीले जनाएको छ । यसअघि गएको माघ २३ गते अर्थात् फेब्रुअरी ६ तारिखमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले टर्कीए र सिरियामा गरी ४५ हजारभन्दा

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • 297 पटक पढिएको
  • भूकम्पमा परी  ४६ हजारभन्दा बढीको मृत्यु

    अंकारा : टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते गएको भूकम्पमा परी  ४६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन्। टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ।विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरण आज साँझदेखि खोजी तथा उद्धार स्थगन गरिने जनाउँदै ४ लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताएको छ। साथै खोज तथा उद्धारमा १३ हजार स्वयम्सेवक एवम् अन्य सहायताकर्मी परिचालन गरिएको जनाइएको छ।हालसम्म टर्कीमा ४० हजार छ सय ४२ जना तथा सिरियामा ५ हजार आठ सयले ज्यान गुमाएका दुवै देशका सरकार

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 177 पटक पढिएको
  • दमास्कसमा इजरायलकाे मिसाइल आक्रमण : १३ जनाको मृत्यु

    एजेन्सी : सिरियाको राजधानी दमास्कसमा इजरायलले मिसाइल आक्रमण गरेको छ। मिसाइल आक्रमणबाट १३ जनाको मृत्यु भएको छ। सो हमलामा २८ बढि घाइते भएका छन्।सरकारी टेलिभिजनमा देखाइएको भीडीयोमा एक १० तले भवन पूर्णरुपमा क्षति पुगेको छ। इजरायलले आक्रमण गरेको क्षेत्रमा भारी सुरक्षा व्यवस्थासहितको आवासीय परिसर निर्माण गरिएको छ । यो क्षेत्रमा बाक्लो बस्ती रहेको बताइएको छ।समाचार एजेन्सी रोयटर्सका अनुसार इजराइलले सो घटनाको जिम्मा लिन भने इन्कार गरेको छ।

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 176 पटक पढिएको
  • रुसी सेनाद्वारा युक्रेनकोतेल प्रशोधन केन्द्रमा मिसाइलको वर्षा

    काठमाडौं - रुसी सेनाले युक्रेनको बख्मुटमा मिसाइलको वर्षा गराएको छ।किभका अनुसार बख्मुटको मुख्य तेल प्रशोधन केन्द्रमा रुसी सैनिकले मिसाइलको वर्षा गराएको हो। रुसी भाडाको सैनिक समूह वाग्नर मार्सेनरीले बख्मुट २ महिनाभित्र नियन्त्रणमा लिने घोषणा गरेको महिना दिनभित्रै बख्मुटमा ठूलो आक्रमण भएको हो। ३६ भन्दा बढी मिसाइल खसेको तेल प्रशोधन केन्द्रमा कति क्षति भयो भन्ने एकिन विवरण आइनसकेको युक्रेनी एयरफोर्सले जनाएको छ। युक्रेनले कम्तीमा १६ आक्रमण भने निस्तेज पारिएको दाबी गरेको छ। रुसी सेना केही समययता डोनेत्सकको सानो सहर बख्मुटमाथि केन्द्रित भएको छ।  यो सहरबाट कम्तीमा ७० हजार मानिस विस्

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • 234 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.