झापा – वैदेशिक रोजगारी क्रममा मलेसिया पुगेका बाराका रिकेश ठाकुर आफू बसिरहेको होस्टेलबाट सम्पर्कविहीन भएका छन्। गएको पुस २१ गते रोजगारीका लागि मलेसिया पुगेका रिकेश मलेसियाको पुत्राजयस्थित होस्टेलबाटै सम्पर्कविहीन भएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार, रिकेश मानसिक रूपमा अस्वस्थ भएपछि नेपाल फर्काउने प्रक्रिया चलिरहेको थियो ।

तर उनी होस्टेलबाटै हराए । परिवार, आफन्त, कम्पनी र दूतावास कसैलाई पनि रिकेशले सम्पर्क गर्नुभएको छैन । त्यसैले मलेसियामा कसैले देखेमा वा भेटेमा दूतावासको हटलाइन नम्बर ०१६२४७२७७७ नम्बरमा सम्पर्क गरिदिन दूतावासले अनुरोध गरेको छ ।