एजेन्सी : सिरियाको राजधानी दमास्कसमा इजरायलले मिसाइल आक्रमण गरेको छ। मिसाइल आक्रमणबाट १३ जनाको मृत्यु भएको छ। सो हमलामा २८ बढि घाइते भएका छन्।

सरकारी टेलिभिजनमा देखाइएको भीडीयोमा एक १० तले भवन पूर्णरुपमा क्षति पुगेको छ। इजरायलले आक्रमण गरेको क्षेत्रमा भारी सुरक्षा व्यवस्थासहितको आवासीय परिसर निर्माण गरिएको छ । यो क्षेत्रमा बाक्लो बस्ती रहेको बताइएको छ।

OM Sai Pathibhara Hospital

समाचार एजेन्सी रोयटर्सका अनुसार इजराइलले सो घटनाको जिम्मा लिन भने इन्कार गरेको छ।