काठमाडौं - दिल्ली महानगरपालिका (एमसीडी) मा बुधबार आम आदमी पार्टी र भाजपाका सदस्यहरूबीच झडप भएको छ। जसमा पुरुष पार्षद र महिला पार्षदहरूले एकअर्कालाई लात र मुक्का प्रहार गरेका थिए भने सदनमा बोतलहरू फालियो र मतपेटिकामा तोडफोड गरिएको थियो।

मेयरको निर्वाचनपछि बुधबार साँझ स्थायी समितिको निर्वाचन सुरु भएको थियो। त्यसपश्चात् झडप भएको थियो।​ शेली ओबेरोयले भाजपाका नेता तथा कार्यकर्ताले आफूलाई आक्रमण गरेको बताएकी छिन्। उनले भनिन्, 'यो हो बीजेपीको गुंडागर्दीको हो। महिलामाथिको आक्रमण गर्नेलाई कडा कारबाहीको माग गर्दछु।'

OM Sai Pathibhara Hospital

सदनमा बुधबार राति अबेरसम्म हंगामा जारी रह्यो। दुवै दलका पार्षदहरु सदनमै सुतेका थिए। त्यसका तस्विर तथा भिडियो अहिले भाइरल बनेको छ।

बिहीबार बिहान खाजा खाइसकेपछि पुनः निर्वाचन प्रक्रिया सुरु भए पनि हंगामाका कारण बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको थियो।

अब शुक्रबार बिहान १० बजेबाट स्थायी कमिटी सदस्यको निर्वाचन सुरु हुनेछ। बुधबार दिउँसोदेखि बिहीबार बिहानसम्म ६ पटक बैठक स्थगित भएको छ।

भिडियो 

#WATCH | Delhi: Ruckus between BJP & AAP members inside the MCD house over the election of members of the standing committee. pic.twitter.com/alIZFIFFnr

— ANI (@ANI) February 22, 2023