विदेश

    Showing 1,011-1,020 of 1,582 items.
  • गान्धीले गरिन् पाँच प्रदेश प्रमुखलाई पदमुक्त

    एजेन्सी / भारतीय कांग्रेसका अध्यक्ष सोनिया गान्धीले हालै सम्पन्न विधानसभा निर्वाचनमा हारेपछि पाँच राज्यका पार्टी प्रमुखहरूलाई पदमुक्त गरेकी छिन् । नेतृ गान्धीले पार्टी ‘पुनर्गठन’ तर्फको पहिलो कदम भन्दै पाँच राज्यका पार्टी प्रमुखहरूलाई पदमुक्त गरेका हुन् ।८ महिनाअघि पन्जाब प्रान्तका कांग्रेस प्रमुख नवजोत सिंह सिन्धु लगायतका कांग्रेस नेतालाई राजीनामा दिन भनिएको छ । राज्य कांग्रेस इकाइहरूको पुनर्गठनलाई सहज बनाउनका लागि राजीनामा माग गरिएको कांग्रेस प्रवक्ता रणदीप सुरेजेवालले सामाजिक सञ्जाल मार्फत ट्विटरमा सार्वजनिक गरेका छन् ।पीसीसीको पुनर्गठनलाई सहज बनाउन भन्दै गान्धीले उत्तर प्रदेश, उत्तराखण्ड,

    • प्रकाशित मितिः चैत २, २०७८
    • 147 पटक पढिएको
  • रुसले लगायो इन्स्टाग्राममा प्रतिबन्ध

    एजेन्सी / रुसमा आइतबार मध्यरातबाट इन्स्टाग्राममा प्रतिबन्ध लगाइएको छ । इन्स्टाग्रामको मातृ कम्पनी मेटाले युक्रेनी प्रयोगकर्ताहरूलाई रुसीहरूका विरुद्ध हिंसात्मक पोस्ट गर्न अनुमति दिएपछि रुसको प्रविधि नियामक एजेन्सीले इन्स्टाग्राममा प्रतिबन्ध लगाएको हो । नियामकले मानिसहरूलाई आफ्ना तस्वीर र भिडियो इन्स्टाग्रामबाट हटाउन भनेको छ । उनीहरूलाई रुसको आफ्नै प्रतिस्पर्धात्मक इन्टरनेट प्लेटफर्ममा राख्न पनि प्रेरित गरिएको छ । रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेपछि मेटाले घृणास्पद अभिव्यक्ति सम्बन्धी नीतिलाई परिवर्तन गरेको छ । रुसले इन्स्टाग्राम ब्लक गर्दा ८ करोड प्रयोगकर्तालाई

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • 112 पटक पढिएको
  • युक्रेनको सैन्य क्याम्पमा रुसको आक्रमण

    एजेन्सी / रुसले पोल्यान्डसँगको सीमा नजिकैको युक्रेन सैन्य क्याम्पमा आइतबार आक्रमण गरेको छ । पोल्यान्डको सीमाभन्दा २५ किलोमिटर दूरीमा रहेको उक्त युक्रेनको सैन्य क्याम्पमा रुसले हवाई आक्रमण गरेको हो ।उक्त आक्रमणमा परी ३५ जनाको मृत्यु भएको र १३४ जना घाइते भएको जेलेन्स्कीले बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त हवाई आक्रमणको निन्दा गर्दै त्यसलाई ‘कालो दिन’ को रुपमा चित्रण गरेका छन् । उनले उक्त क्याम्पमा आक्रमण हुनु भनेको रूसले पश्चिमा मुलुकलाई स्पष्ट चुनौती दिएको पनि बताएका छन् । 

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • 132 पटक पढिएको
  • साउदी अरबका विदेशमन्त्री आज नेपाल आउँदै

    काठमाडौं / साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज (सोमबार) नेपाल आउँदै छन् । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काको निमन्त्रणामा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद दुई दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् । भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।परराष्ट्रमन्त्री खड्काले आफ्ना साउदी समकक्षीसँग चैत १ गते बैठक गर्ने तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने मन्

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • 114 पटक पढिएको
  • भारतमा बालकको हत्या आरोपितलाई जिउँदै जलाइयो

    काठमाडौं / पाँच वर्षीय बालकको हत्या आरोपितलाई ढोलजान चिया बगानका मानिसहरूको भिडले जिउँदै जलाइदिएको छन । भारतीय राज्य आसामको रोहमोरिया प्रहरी चौकीको क्षेत्र अन्तर्गत पर्ने उक्त स्थानमा बच्चाको हत्या गरेको भन्दै शनिबार जलाएका हुन् ।डिबु्रगढ सहरबाट करिब २५ किलोमिटरको दूरीमा रहेको चिया बगानमा घटना भएको हो । प्रहरीका अनुसार पाँच वर्षीय बालक उज्ज्वल मुरा साथीसँग खेल्न आरोपित सुनीति तान्तीको घर छेउ पुगेका थिए । त्यही क्रममा तान्ती आक्रोशित हुँदै बच्चाको घाँटी रेटेर हत्या गरे ।घटनाबारे थाहा पाएपछि चिया बगानका मानिसहरू त्यहाँ जम्मा भए र उनीहरूले आरोपितलाई पक्राउ गरे । पक्राउपछि तान्तीलाई जिउँदै जलाएका

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 125 पटक पढिएको
  • १३ सय युक्रेनी सैनिकको मृत्यु भयो : राष्ट्रपति जेलेन्स्की

    एजेन्सी / युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले करिब १३ सय युक्रेनी सैनिक मारिएको बताएका छन् । रुस-युक्रेनबीच जारी युद्धको १७ औं दिनमा उनले आफ्नोतर्फ हालसम्म १३ सय सैनिक मारिएको बताएका हुन् ।यस्तै उनले शुक्रबारसम्ममा करिब पाँच सयदेखि ६ सय रुसी सैनिकले आत्मसमर्पण गरेको पनि बताएका छन् । यद्यपि यस सूचनाको पनि पुष्टि भएको छैन ।यहीबीचमा युक्रेनी सेनाले भने भोल्नोभाखा शहर छोडेका छन् । रुसी हमलाका कारण शहर पूर्णरूपमा ध्वस्त भएपछि उनीहरू त्यस स्थानबाट निस्किएका हुन् । यता मेलिटोपोल शहरमा भने रुसी सेनाले ठूलो विरोधको सामना गर्नुपरिरहेको छ । रुसी सेनाले मेलिटोपोलका मेयर इभान फेडोरोभलाई अपरहण

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 114 पटक पढिएको
  • अफ्रिकी मुलुक कङ्गोमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु

    काठमाडौं  / अफ्रिकी मुलुक कङ्गोमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ ।घटनामा ५२ जना घाइते भएका छन् । कङ्गोको लुआलाबा प्रान्तका लागि लुएन प्रान्तबाट छुटेको रेल अनियन्त्रित भइ लिक बाहिर गएपछि दुर्घटना भएको हो । १५ वटा डिब्बा रहेको उक्त रेलका १२ डिब्बा खाली रहेको जनाइएको छ ।कङ्गोमा लामो दुरीको यात्राका लागि सडक पूर्वाधार नभएका कारण रेल यात्रा बाध्यकारी छ । जसका कारण वर्षेनी रेल दुर्घटना हुने गरेको छ । गत अक्टोबरमा मात्रै सोही प्रान्तमा भएको रेल दुर्घटनामा ९ जनाको मृत्यु भएको थियो ।घाइतेहरूको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 123 पटक पढिएको
  • सांसदले भीडमा गाडी कुदाउँदा सात प्रहरीसहित २२ घाइते

    एजेन्सी / भारतीको उडिसामा शनिबार एक सांसदले भीडमा गाडी कुदाउँदा सात प्रहरीसहित २२ जना घाइते भएका छन् । उनले उडिसाको सत्तारूढ पार्टी बिजु जनता दलका सांसद प्रशान्त जगदेवले बाणपुरमा एक स्थानीय चुनावमा मानिसमाथि गाडी चलाएका हुन् । प्रहरीले उनलाई गाडी रोक्न लगाउँदा पनि नरोकेर जबरजस्ती गाडी भीडमा चलाएपछि रोक्न खोज्ने प्रहरी पनि घाइते भएका हुन् । भिडमाथि उनले चलाएको गाडी रूखमा ठोक्किए पछि मात्र रोकिएको थियो । आक्रोशित भीडले उनलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् भने उनको अहिले भुवनेश्वर अस्पतालमा उपचार भइरहेको जनाइएको छ । प्रत्यक्षदर्शीहरूले रक्सी खाएर जगदेवले आफैं गाडी चलाएको बताएका छन्

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 134 पटक पढिएको
  • चीनमा एकैदिन करिब ३४०० जना संक्रमीत थपीए

    एजेन्सी / चीनमा कोरोना भाइरसको संक्रमण फेरि तीव्र रुपमा फैलिन थालेको छ । आइतबार चीनमा करिब ३ हजार ४ सय नयाँ संक्रमित फेला परेका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार नयाँ संक्रमितहरुको यो संख्या सन् २०२० को फेब्रुअरी महिनापछि एकै दिनमा दर्ज भएको सबैभन्दा बढी हो ।संक्रमितको संख्या ह्वात्तै बढेपछि सांघाईमा विद्यालयहरु बन्द गरिएको छ । साथै पूर्वोतर केही शहरहरुमा लकडाउन गरिएको छ । विश्वभर कोरोना संक्रमितहरुको संख्या ४४ करोड ६६ लाख भन्दा बढी छ । मृतकको संख्या ६० लाख आसपास छ । पछिल्लो एक महिनामा विश्वभर कोरोनाका ५ करोडभन्दा बढी संक्रमितहरु फेला परेका छन् भने दुई लाखभन्दा बढीले ज्यान गुमाएका

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 111 पटक पढिएको
  • १३०० सेना मारिएको युक्रेनी राष्ट्रपतिद्वारा स्वीकार

    एजेन्सी / रुसी सेनाको आक्रमणमा १३०० सेनाको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेस्कीले स्वीकार गरेका छन् । त्यस्तैगरी करिव ५०० देखि ६०० रुसी फौजले युक्रेनका सेनासमक्ष आत्मसमर्पण गरेको दावी पनि गरेका हुन् ।राष्ट्रपति जेलेस्कीले गत २४ फेब्रुअरीदेखि भएको रुसी हमलामै उक्त मात्रामा आफ्ना सेनाको मृत्यु भएको स्वीकार गरेका हुन् । युक्रेनको राजधानी किभको दक्षिणमा रहेको एउटा सैन्य आधारमा रुसी सेनाले मिसाइल प्रहार गर्दा ठूलो मात्रामा युक्रेनी सेनाको मृत्यु भएको जनाईएको छ ।रुसले आफ्नो सेना किभ बाहिर वरिपरिको क्षेत्रलाई घेरा हालेर आक्रमण गरिरहेको बेला २५ किलोमिटर दूरीबाट उक्त सैन्य अखडालाई न

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 114 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा