काठमाडौं— बेलायतको लिभरपूल सहरमा एक व्यक्तिले फुटबल समर्थकहरुमाथि गाडी कुदाएका छन्। इङ्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन लिभरपुल क्लबको विजयी ¥यालीमा सहभागीहरुमाथि एक व्यक्तिले गाडी कुदाउँदा ४७ जना घाइते भएका छन्।
जसमध्ये २७ जनालाई अस्पताल भर्ना गरिएको छ। २० जनाको घटनास्थलमै उपचार गरिएको बीबीसीले जनाको छ । केही व्यक्ति गम्भीर घाइते भएका छन्।
लिभरपुलको जितमा स्थानीय समयअनुसार सोमबार साँझ वाटर स्ट्रिटमा खुसीयाली मनाइरहेका सयौँ मानिसको भिडमा एउटा कार छिरेको थियो।
उक्त कारका चालक बेलायतकै ५३ वर्षीय नागरिक रहेको प्रहरीले जनाएको छ। उनी पक्राउ परेका छन्। यस घटनामा कुनै आतंकवादी सम्बन्ध नरहेको प्रहरीले जनाएको छ।