काठमाडौं— अमेरिकाको राजधानी वासिङ्टन डी।सी।मा इजरायली दूतावासका दुई कर्मचारीको यहूदी संग्रहालय नजिकै मंगलबार राति हत्या भएको छ। आक्रमणमा एक पुरुष र एक महिला मारिएका छन्।
घटनाको पुष्टि अमेरिकी गृहमन्त्री क्रिस्टी नोएमले गरेकी छन्। उनका अनुसार राति ९स्०५ बजे एफ स्ट्रिटमा गोलीबारी भएको थियो। सो क्षेत्रमा पर्यटकीय स्थल, संग्रहालय, सरकारी भवनहरू र एफबीआईको क्षेत्रीय कार्यालयसमेत रहेको हुँदा सुरक्षा चुनौती गम्भीर देखिएको छ।
बीबीसीको भगिनी संस्था सीबीएसलाई स्रोतहरूले बताए अनुसार, दुवै पीडित ‘क्यापिटल यहूदी संग्रहालय’बाट बाहिर निस्कँदै गर्दा आक्रमणको शिकार भएका थिए। प्रारम्भिक अनुसन्धानले यस घटनालाई योजनाबद्ध हमला भएको संकेत दिएको छ।
गोलीकाण्डको समयमा संग्रहालयमा इजरायली दूतावासका थुप्रै कर्मचारीहरू सहभागी रहेको उल्लेख छ। घटनालाई लिएर अनुसन्धान तीव्र पारिएको छ।
क्रिस्टी नोएमले ट्विटरमार्फत जनाउँदै भनिन्स:
“हामी घटनाको पूर्ण विवरण पत्ता लगाउने प्रयासमा छौं। पीडित परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै, अपराधीलाई कडा कारबाही गरिनेछ।”
संयुक्त राष्ट्र संघका लागि इजरायलका स्थायी प्रतिनिधिले यसलाई “यहूदी समुदायविरुद्ध लक्षित आतंकवादी हमला” भनेका छन्।
यो आक्रमणले वासिङ्टनजस्तो उच्च सुरक्षा क्षेत्रमा पनि कूटनीतिक कर्मचारीहरू असुरक्षित हुनसक्ने खतरा देखाएको छ। साथै, यहूदी विरोधी घटनाको पुनरावृत्तिले विश्व समुदायलाई सतर्क बनाएको छ।