स्वास्थ्य

    Showing 531-540 of 2,504 items.
  • दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव

    चितवन, १४ असोजः आज दसैँको महाअष्टमी, घरघरमा खसी बोका, राँगा, च्याङ्ग्रालगायतका पशु चौपायको बलि दिएर मासु खाने गरिन्छ । मासु खाँदा स्वस्थ मासुलाई स्वस्थ तरिकाले पकाएर खान  चिकित्सकहरुको सुझाव छ ।  चिकित्सकहरु मासु नै नखानभन्दा पनि पकाउने तरिकामा ख्याल गर्न सुझाव दिन्छन् । मासु आफँैमा खराब नभए पनि पकाउने तरिकाका कारण अस्वस्थ बन्ने गरेको उनीहरुको भनाइ छ ।  पुष्पाञ्जली अस्पतालका फिजिसियन डा भोजराज अधिकारी खानपिनमा सामान्य ध्यान नदिँदा दसैँका समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्या उल्

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 355 पटक पढिएको
  • प्रदेश अस्पताल दमौलीमा बिरामीको चाप बढ्यो

    तनहुँ— चाडपर्व नजिकिँदै जाँदा तनहुँको दमौलीस्थित प्रदेश अस्पतालमा बिरामीको चाप एक्कासी बढेको छ। अस्पताल प्रशासनका अनुसार दैनिक साढे ३ सयको हाराहारीमा सेवा लिँदै आएका बिरामीको संख्या हाल ५०० नाघेको छ।मौसमी रुघाखोकी, भाइरल ज्वरो, टाइफाइड र निमोनिया जस्ता संक्रामणजन्य रोगका बिरामी अचानक बढेका हुन्। मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बरालले भाइरल संक्रमण फैलन सक्ने जोखिम उच्च भएकाले सजगता अपनाउन आग्रह गरे।“भीडभाडमा कम जानुहोस्, खानपानमा ध्यान दिनुहोस् र आवश्यक परे घरमै आइसोलेसन बस्नुहोस्,” डा. बरालले भने। उनका अनुसार बालबालिकामा निमोनिया र वृद्ध तथा युवामा भाइरल ज्वरोको प्रकोप बढेको छ।अस्पताल प्रश

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 746 पटक पढिएको
  • बाजुराको खप्तड छेडेदहलाई काठमाडौं महानगरपालिकाले गर्याे एम्बुलेन्स सहयोग

    बाजुरा— बाजुराको खप्तड छेडेदह गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सहयोग गरेको छ । महानगरपालिकाले बाजुराको खप्तड छेडेदहसहित ३५ वटा स्थानीय तहलाई एम्बुलेन्स सहयोग गरेको हो । महानगरपालिकाले हरेक वर्ष ग्रामिण क्षेत्रको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन एम्बुलेन्स उपहार स्वरुप प्रदान गर्दै आएको छ । महानगरपालिकाले आवश्यकता सहितको निवेदनका आधारमा एम्बुलेन्स सहयोग गर्ने गरेको छ ।महानगरले वितरण गरेका ३५ वटा एम्बुलेन्स मध्ये बाजुराको खप्तड छेडेदह गाउँपालिका सहित बझाङ र अछाम जिल्लाका स्थानीय तहले पनि प्राप्त गरेका छन् । राष्ट्रिय सभा गृहमा आयोजित औपचारिक कार्यक्रमका बीच सम्बन्धित पालिकाल

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 766 पटक पढिएको
  • नव निर्वाचित सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री खरेल भन्छन युवासँगै देश घाइते अवस्थामा छ, सबै मिलेर उपचार गरौं

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामीहरुलाई भेटेका छन् । शुक्रबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेका विरामीहरुको स्वास्थ्य अवस्था बुझ्दै उनले युवासँगै देश घाइते अवस्थामा रहेको बताए । उनले भने, ‘यो सरकार जेनजीहरुको रगतको जगमा बनेको हो, यो खेर फाल्न दिनुहुँदैन । उहाँमात्र घाइते भएको होइन देश नै घाइते छ । हामीले घाइतेहरुको उपचार गर्नुछ, साथै देशको उपचार गर्नुपर्छ,’ उनले डाक्टरसँग थप भने, ‘सबै बिरामीलाई राम्रोसँग हेर्नुहोला र हामी साथमा छौ ।’उनले विरामीहरुसँग कुरा गर्दै बिरा

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 708 पटक पढिएको
  • ११औं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदै, कानूनी सुधारको माग

    काठमाडौं— सुरक्षित गर्भपतनको सुनिश्चितता र प्रजनन स्वास्थ्य अधिकारको प्रवर्द्धनका लागि आज देशभर ११औं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदैछ। 'सुरक्षित जीवनका लागि, सुरक्षित गर्भपतन सेवा' भन्ने नारासहित दिवस मनाइँदा सरोकारवालाहरूले कानूनी सुधार र सेवा कार्यान्वयनमा सरकारलाई थप सक्रिय हुन आग्रह गरेका छन्।महिला, कानुन र विकास मञ्चसहित १८ संस्थाले संयुक्त वक्तव्य जारी गर्दै महिलाहरूको पहुँच, स्वीकार्यता र सेवा निरन्तरतामा ध्यान दिनुपर्ने उल्लेख गरेका छन्।नेपालमा २०५९ साल असोज १० गते गर्भपतन कानूनी रूपमा मान्य गरिएपछि यो दिनलाई सुरक्षित गर्भपतन सेवा दिवसको रूपमा मनाइँदै आएको हो। संविधानको धा

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 915 पटक पढिएको
  • चाडपर्व भत्ता पाउनुपर्ने माग गर्दै अस्पताल बाजुरामा कार्यरत कर्मचारीले बुझाए ज्ञापनपत्र

    बाजुरा— जिल्ला अस्पताल बाजुरामा कार्यरत करार कर्मचारीहरुले तत्काल चाडपर्व भत्ता पाउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।बिहीबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्कालाई प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल मार्फत ज्ञापन पत्र बुझाएका हुन् ।अस्पतालमा कार्यरत सम्पूर्ण करार कर्मचारीहरुले चाडपर्व भत्ता तत्काल उपलब्ध गराउन माग गर्दै बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल मार्फत मन्त्री खड्कालाई ज्ञापन पत्र बुझाएका छन् ।नेपाल श्रम ऐन ०७४, नियमावली ०७५ र सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन ०७६ दफा ८२ मा करार सेवाका कर्मचारीहरुलाई पनि चाडपर्व भत्ता पाउने हक हुन्छ

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 807 पटक पढिएको
  • विश्व फार्मासिस्ट दिवसः विभिन्न कार्यक्रको आयोजनागरी विश्वभर मनाइँदै

    काठमाडौं— आज विश्व फार्मासिस्ट दिवस । विभिन्न कार्यक्रको आयोजनागरी आज विश्वभर फार्मासिस्ट दिवस मनाइँदै छ ।  फार्मासिस्टको भूमिकालाई उजागर गर्ने र चिकित्सा व्यवसायीहरूलाई सम्मान गर्ने उद्देश्यले प्रत्येक वर्ष विश्व फार्मासिस्ट दिवस मनाइन्छ। फार्मासिस्ट दिवसको इतिहास अन्तर्राष्ट्रिय औषधि महासंघ काउन्सिलको स्थापनाको अवसरमा हरेक वर्ष विश्व फार्मासिस्ट दिवस मनाउन थालिएको हो ।  यो महासंघ काउन्सिल सन् १९१२ मा स्थापना भएको थियो, त्यसपछि सन् २००९ मा टर्कीको इस्तानबुलमा भएको वल्र्ड कंग्रेस अफ फार्मेसी एन्ड फार्मास्युटिकल साइन्समा अन्तर्राष्ट्रिय औषधि महासंघ काउन्सिलले यो दिवस मन

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 549 पटक पढिएको
  • चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण

    चितवन— जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६ जनामा औलो रोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको साउनयता उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो ।जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो रोगको सङ्क्रमण भेटिनेमा तीन जना भरतपुर महानगरपालिकाका छन् भने दुई जना खैरहनी नगरपालिकाका र एक जना राप्ती नगरपालिकाका छन् । सङ्क्रमित ३४ देखि ४४ वर्ष उमेर समूहका रहेका कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए। उनका अनुसार विभिन्न देशमा र नेपालका विभिन्न जिल्लामा रोजगारीका सिलसिलामा गएर फर्किएकामा यो रोगको सङ्क्रमण देखिएको हो । “भारतबाट आएका चार, दक्षिण कोरियाबाट फर्किएका एक र सु

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 672 पटक पढिएको
  • जिल्ला अस्पताल बाजुरामा जिवनजलको अभाव, विरामीलाई सास्ती

    बाजुरा— जिल्ला अस्पताल बाजुरामा जिवनजलको अभाव भएको छ । झाडापखाला लाग्दा जोगाउने अचुक औषधिको रुपमा मानिने ओआरएस अर्थात जिवनजल अस्पताल बाजुरामा अभाव भएको पाइएको हो । सरकारले निःशुल्क वितरण गर्दै आएको जीवनजल अहिले अस्पताल बाजुरामा नभएको पाईएको छ । जिवनजल नहुँदा झाडापखालाका विरामीहरुले सास्ती खेप्नु परेको छ ।झाडापखाला लागिरहेको बेला अस्पताल गएर जीवनजल माग्न खोज्दा सकिएको र जीवनजल सकिएको हो भनेर  सोध्दा स्वास्थ्यकर्मीले उतर दिन अन्कनाई गरेको स्थानीय गणेशराज तिमिल्सेनाले बताए । यता अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीसंग फोनबाट सोध्दा सायद सकिएकै हुन सक्ने जवाफ दिएका छन् । जीवनज

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 649 पटक पढिएको
  • भैसेपाटीमा समाज डेन्टलको नयाँ शाखा

    काठमाडौं— समाज डेन्टल हस्पिटलले भैसेपाटीमा १३ औँ शाखा विस्तार गरेको छ ।२५ वर्षदेखि दन्त उपचारमा संग्लन अस्पतालले शनिबारदेखि नयाँ शाखामा सेवा सुरु गरेको हो ।अस्पतालका प्रबन्धक सविन घिमिरेले मुख स्वास्थ सम्बन्धि जनचेतना जागरण गर्न र उपचारमा सबैको पहुँच स्थापित गर्न लागीपरेको बताए ।समाज डेन्टलको शाखा नयाँ बानेश्वर,जावलाखेल ललितपुर ,राधेराधे भक्तपुर ,सनसिटि पेप्सिकोला लगायतका ठाउँमा छ ।

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 781 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.