काठमाडौं— अविरल वर्षाका कारण बाटो अबरुद्ध भएपछि मृगौला रोगी एक पुरुषलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । 

सोमबार सिन्धुलीको सुनकोशी गाउँपालिका निवासी मृगौला रोगी एक पुरुषलाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । 

शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण विभिन्न सडकहरु अवरुद्ध रहेका छन् ।