स्वास्थ्य

    Showing 521-530 of 2,504 items.
  • बाजुरामा जिप दुर्घटना हुँदा दुई जना घाईते, कोल्टी अस्पतालमा उपचार हुँदै

    बाजुरा— बाजुरामा जिप दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । बुधबार दिउँसो बाजुराको जगन्नाथ गाउँपालिका वडा.नम्बर १ गेडेखोलास्थित कर्णाली करिडोरमा दुर्घनामा परेको हो । ग्यारेजमा जिप मर्मत गरि सडकमा ल्याएर चेकजाँच गर्ने क्रममा जिप एक्कासी अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सुचना अधिकारी देववहादुर चौतरीले बताए ।उनका अनुसार स्वामिकार्तिक खापरगाउँपालिका वडा नम्बर दुई बस्ने अन्दाजी २६ बर्षका दिल बहादुर बुढाले चलाएको सु.प.प्र.०१–००१ ज १२३२ नम्बरको जिप अनियन्त्रित भई पल्टिएको बताएका छन्।जिप सडकबाट करिब ७५ मिटर तल खसेको हो । दुर्घटनामा परि दुई जना घ

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 723 पटक पढिएको
  • जापानिज इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु, १७ जना संक्रमित

    चितवन— चितवन जिल्लामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढेसँगै मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। साउन महिनादेखि हालसम्म यो रोगका कारण विभिन्न स्थानीय तहका नागरिकले ज्यान गुमाएका हुन्।मृत्यु हुनेमा भरतपुर महानगरका दुई, राप्ती नगरपालिकाका दुई, खैरहनी नगरपालिकाका एक र कालिका नगरपालिकाका एक जना रहेका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। पछिल्लो पटक खैरहनी–४ की एक महिलाको मृत्यु भएको जानकारी किट नियन्त्रण महाशाखाका प्रतिनिधि राम केसीले दिए।हालसम्म जिल्लामा १७ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १० जना महिला र ७ जना पुरुष रहेका छन्। उमेर समूह हेर्दा, १५ वर्षमुनिका ३ जना, १५ देखि ६० वर्ष उमे

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 612 पटक पढिएको
  • बिरगञ्जको एक होटलमा बुवा छोरा मृत फेला

    सर्लाही । पर्साको वीरगञ्जस्थित नयाँ बसपार्क नजिकैको भानुचोकमा रहेको होटल शाह पाराडाइजको एक कोठामा २ जना भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्।जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार मंगलबार साँझ होटलको कोठा नम्बर १११ मा भारतको त्रिपुराका ६७ वर्षीय सजल आचार्य र उनका २४ वर्षीय छोरा सागर आचार्य मृत अवस्थामा फेला परेका हुन्।असोज १९ गतेदेखि उक्त कोठामा बस्दै आएका उनीहरू मंगलबार बेलुकी ७ बजेसम्म पनि खाना खान नआएपछि होटलका कर्मचारी बोलाउन पुगेका थिए। तर कोठा भित्रबाट ताला लगाइएको र ढकढकाउँदा पनि ढोका नखुलेपछि कर्मचारीले छेउको कोठाको भेन्टिलेटरबाट हेर्दा

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 356 पटक पढिएको
  • भारतमा खोकीको सिरपले बालबालिकाको ज्यान गएपछि नेपालमा सतर्कता

    काठमाडौं— भारतका केही ठाउँमा ‘कोल्ड्रीफ कफ सिरप’ सेवनपछि बालबालिकाको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले गम्भीर ध्यान दिएको छ।औषधि व्यवस्था विभागले नेपालमा उक्त औषधि दर्ता नभएको जानकारी गराउँदै यस्ता घटना दोहोरिन नदिन सावधानी अपनाउन सबै पक्षलाई सचेत गराएको छ।विभागका अनुसार झोल (सिरप) प्रकारका औषधिहरू बनाउन प्रयोग हुने केही कच्चा पदार्थहरूमा विषालु रसायन मिसिन सक्ने जोखिम हुने भएकाले यसअघि नै यस्तो विषयमा सूचना दिइसकिएको थियो। सन् २०७९ सालमै औषधिमा प्रयोग हुने प्रोपाइलिन ग्लाइकोल, पोलिइथिलिन ग्लाइकोल, ग्लिसरिन लगायतका पदार्थहरूमा इथाइलिन ग्लाइकोल र डाइइथिलिन ग्लाइकोलजस्ता विषाक्त रसायन मिसिएको

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 738 पटक पढिएको
  • मदन भण्डारी लोकमार्गमा सवारी दुर्घटना, १६ जना घाइते

    हेटौंडा । मकवानपुर जिल्लाको बागमती गाउँपालिका–४ हरामीचोकस्थित मदन भण्डारी लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा १६ जना घाइते भएका छन् ।प्रहरीका अनुसार बिहान करिब ६ः४५ बजे सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०२–००१ ज ००७२ नम्बरको इभि गाडीले भित्रि बाटोबाट राजमार्गमा प्रवेश गर्न खोज्दै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करपछि इभि गाडी अनियन्त्रित भई करिब १५ फिट तल खोल्सोमा खसेको बताइएको छ ।दुर्घटनामा इभि गाडीमा सवार यात्रुहरू र मोटरसाइकल चालक सहित जम्मा १६ जना घाइते भएका छन् । घाइतेहरूलाई प्रहरी टोली र स्थानीयवासीको सहयोगमा तत्काल उद्धार गरी साम्भि पोलिक्लिनिक

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 430 पटक पढिएको
  • भारतको एसएमएस ट्रमा सेन्टरमा आगलागी हुँदा ८ बिरामीको मृत्यु

    भारत— सवाई मानसिंह (एसएमएस) अस्पतालको ट्रमा सेन्टरमा आइतबार राति भएको आगलागीमा ३ महिलासहित ८ जना बिरामीको ज्यान गएको पुष्टि भएको छ।दुर्घटना अस्पतालको न्युरो आइसीयू नजिकै, ब्लड सेम्पल ट्युब र अन्य मेडिकल सामग्री राखिएको क्षेत्रमा विद्युत् सर्ट सर्किट भएपछि सुरु भएको हो। आगो तीव्र गतिमा फैलिएपछि गम्भीर बिरामीहरूको बचाउ गर्न नसकिएको एक वरिष्ठ चिकित्सकले जानकारी दिए।साँझपख सुरु भएको आगलागीले एकाएक पुरै ट्रमा सेन्टरलाई धुवाँले ढाकेपछि आइसीयूमा रहेका बिरामी अक्कल झुक्कल निकाल्न सकिएको थियो। घटनाको समयमा न्युरो आइसीयूमा ११ र छेउको अर्को आइसीयूमा १३ बिरामी उपचाररत थिए। तर आगोको चपेटामा परेका ८ जनाको म

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 760 पटक पढिएको
  • सेवासुविधा वृद्धिको मागसहित विभिन्न मेडिकल कलेजका नर्सहरु आन्दोलनमा

    काठमाडौं— समयानुकुल सेवासुविधा पाउनुपर्ने माग गर्दै विभिन्न मेडिकल कलेजका नर्सहरु आन्दोलनमा उत्रिएका छन्। पोखरा र चितवनका प्रमुख मेडिकल कलेजका नर्सहरूले सरकारले तोकेको पाँचौँ तहको तलब संरचना अनुसार तलब वृद्धि गर्न माग गर्दै एकसाथ आन्दोलन सुरु गरेका छन्।पोखरास्थित गण्डकी मेडिकल कलेज टिचिङ अस्पताल र मणिपाल मेडिकल कलेजका नर्सहरूले केही दिनअघि अस्पताल प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै तलब वृद्धि, कार्यभारअनुसार पारिश्रमिक संशोधन, अतिरिक्त समयको भुक्तानी र चाडपर्व भत्ताको सुनिश्चितता माग गरेका छन्। उनीहरूले तीन दिनभित्र माग सम्बोधन नभए शान्तिपूर्ण विरोधमा जाने चेतावनी दिएका थिए।उक्त माग पूरा नभएपछि प्

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 607 पटक पढिएको
  • हेटौंडामा बालगृहको गेटबाहिर नवजात शिशु फेला, अवस्था गम्भीर

    हेटौंडा— हेटौंडा उपमहानगरपालिका–५ स्थित ‘हाम्रो घर बालगृह’को गेटबाहिर आइतबार दिउँसो एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ।हेटौंडा उपमहानगरपालिका महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु कुमारी लामिछानेका अनुसार दिउँसो करिब १ बजे फेला परेको शिशुको उमेर करिब १२ देखि १५ दिनको बीचमा रहेको अनुमान गरिएको छ। शिशुको तौल मात्र ७५० ग्राम रहेको र अत्यन्तै नाजुक अवस्थामा भेटिएको उनले बताइन्।शिशुलाई सुरुवाती उपचारका लागि हेटौंडा अस्पताल लगिएको भए पनि अवस्था गम्भीर देखिएपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि भरतपुर अस्पताल रेफर गरिएको बालगृहकी सञ्चालक इन्दिरा डल्लाकोटीले जानकारी दिइ

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 510 पटक पढिएको
  • नेपाली सेनाको हेलिकप्टरमार्फत मृगौला रोगीलाई उपचारका लागि काठमाडौं ल्याइयो

    काठमाडौं— अविरल वर्षाका कारण बाटो अबरुद्ध भएपछि मृगौला रोगी एक पुरुषलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । सोमबार सिन्धुलीको सुनकोशी गाउँपालिका निवासी मृगौला रोगी एक पुरुषलाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण विभिन्न सडकहरु अवरुद्ध रहेका छन् । 

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 699 पटक पढिएको
  • पानीजन्य रोगको जोखिम बढ्दै, स्वास्थ्य मन्त्रालयको सतर्कता अपनाउन आग्रह

    काठमाडौं— निरन्तर वर्षा र प्राकृतिक विपत्तिपछि पानीजन्य तथा कीटजन्य रोगको जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकहरूलाई सचेत रहन आग्रह गरेको छ।मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार प्राकृतिक विपद्‌का बेला प्रारम्भिक रूपमा देखिने चोटपटक र भौतिक क्षतिका साथै त्यसपछिका दिनहरूमा पानी र सरसफाइसँग सम्बन्धित रोगहरू देखा पर्न सक्ने भएकाले सावधानी आवश्यक छ।'विपद्पछि खानेपानी प्रदूषित हुने सम्भावना उच्च हुन्छ,' डा. बुढाथोकीले भने, 'त्यसले पखाला, हैजा, डेङ्गी, मलेरिया जस्ता रोगहरू फैलिने खतरा निम्त्याउँछ।'उनका अनुसार हालको अवस्थामा अस्थायी बसोबास, अपुरो सरसफाइ र पोषणको कम

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 765 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.