स्वास्थ्य

    Showing १,१६१-१,१७० of २,५०८ items.
  • नोबेलमा मुखबाट इण्डोस्कोप छिराएर निकालिदै पित्त नलीको पथरिया

    बिर्तामोड / विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पुनः मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिमा भएको पथरिया विना चिरफार निकाल्ने इआरसीपी सेवा सुरु गरीएको छ ।  कोरोनाका कारण करिब दुई बर्षयता स्थगित भएको यो सेवा अहिले पुनः सुचारु गरेर पित्त नलीको पथरिया विना चिरफार निकाल्न थालिएको हो । सामान्यतया पित्त नलीको ढुंगा पेट र पित्त नली दुबै चिरेर निकाल्ने गरिन्छ । ल्याप्रोस्कोपिक विधिबाट पनि पित्त नली चिर्नुपर्ने बाध्यता हुन्छ । तर, इआरसीपी विधिमार्फत विना चिरफार मुखबाट ईण्डोस्कोप छिराएर ढुंगा निकाल्ने गरिन्छ । यो विधि बिरामीका लागि निकै सहज र फाइदाजनक मानिन्छ । नेपालका केहि अस्पतालहरुमा मात्र प्

    • प्रकाशित मितिः चैत ९, २०७८
    • ५२५ पटक पढिएको
  • कोरोना अपडेट : आज थप ४४ जनामा संक्रमण पुष्टि, एकको मृत्यु

    झापा  / पछिल्लो २४ घण्टामा देशभर थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चार हजार चार सय ९५ जनाको पीसीआर परीक्षण गर्दा ३५ र दुई हजार ९९ जनाको एन्टिजेन परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ४८१ जना सङ्क्रमण मुक्त भएका छन् । अहिले देशभर २६ हजार ६८८ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको मृत्यु भएको छ भने योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ८, २०७८
    • २९५ पटक पढिएको
  • आज देशभर ४५ जनामा संक्रमण पुष्टि

    झापा / नेपालमा पछिल्लो २४ घन्टामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ४ हजार ७ सय ५२ जनाको नमूना परिक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर हाल तीन हजार एक सय ३५ जना सक्रिय संक्रमित रहेका छन्भने आज १४७ जना कोरोना मुक्त भएका छन् । 

    • प्रकाशित मितिः चैत ७, २०७८
    • १८१ पटक पढिएको
  • २४ घण्टामा २८ जनामा कोरोना पुष्टि

    काठमाडौं / पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। २७ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा २८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ३८२ जना डिस्चार्ज भएका छन्। विगत केही दिनयता कोरोनाले मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेको छ।अहिले देशभर ३२ सय ४१ जना सक्रिय सङ्क्रमित छन्। २४ घण्टामा २२ हजार ६८७ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।

    • प्रकाशित मितिः चैत ६, २०७८
    • १८९ पटक पढिएको
  • बैतडीकी महिलामा कालाजार संक्रमण पुष्टि

    बैतडी / बैतडीकी एक महिलामा कालाजार संक्रमण पुष्टि भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–५ गोबडाका ३७ वर्षीया एक महिलामा कालाजार पुष्टि भएको हो ।धनगढीमा उपचार गराउने क्रममा ती महिलामा कालाजार पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य कार्यलयले जनाएको छ । महिलालाई कालाजार देखिएपछि छेउछाउका २१ जनाको नमुना संकलन गरेर परीक्षण गरिए पनि उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ । 

    • प्रकाशित मितिः चैत २, २०७८
    • २१८ पटक पढिएको
  • लोकसेवा आयोगले माग्यो ३०० जना स्टाफ नर्स

    काठमाडौँ / लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ ।मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौँ तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले उल्लेख गरेको छ ।खुलामा १६५ जनाको सिट छ । त्यस्तै, महिलामा ४५, आदिवासी जनजातिमा ३६, मधेसीमा २९, दलितमा १३, अपाङ्गमा सात र पिछडिएका क्षेत्रमा पाँच सिट कायम गरिएको छ ।आवेदकले २२ चैतभित्र नियमित र २९ चैतभित्र दोब्बर दस्तुर तिरेर अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । १८ वर्ष पूरा भई ४५ ननाघेकाले आवेदन दिन पाउनेछन् ।

    • प्रकाशित मितिः चैत २, २०७८
    • २०९ पटक पढिएको
  • बीपी प्रतिष्ठानको सिनेट बैठक चैत्र २० गते बस्दै

    धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक (सभा बैठक) बोलाइएको छ । प्रतिष्ठानमा लामो समयदेखि माग गरिएको सिनेटको बैठक आगामी चैत्र २० गतेका लागि बोलाइएको हो । सिनेट बैठकको मुख्य एजेन्डा प्रतिष्ठानका पदाधिकारीका विषयमा छानबिन गर्न गठित समितिको प्रतिवेदनका विषयमा छलफल रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीले काम नगरेको भन्दै कारबाहीका लागि समितिले सिफारिस गरिसकेको छ ।कूल सिनेट सदस्य २४ जना रहेका छन् । हाल केही सदस्यहरू निष्क्रिय पनि भइसकेका छन् । लामो समयदेखि प्रतिष्ठानमा भएको विकृतिविरुद्ध विद्यार्थी

    • प्रकाशित मितिः चैत २, २०७८
    • २१३ पटक पढिएको
  • मर्छु भन्दै युवकले सिक्री र बक्कल निलेपछि

    बिर्तामोड / नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सकले विरामीको पेटबाट फलामको सिक्री र कम्मरमा बाँध्ने पेटीको बक्कल निकालेका छन् ।भोजपुरको भोजपुर नगरपालिका– १२ का २१ वर्षीय युवकको शल्यक्रिया गरी सिक्री र बक्कल निकालिएको हो ।नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार २१ वर्षीय युवकले सुरुमा फलामको सिक्री र पछि पेटीको बक्कल निलेका थिए । सिक्री उनको पेटमा थियो । बक्कल भने खाना नलीमा अड्किएको थियो । मर्छु भन्दै ती युवकले सिक्री र बक्कल निलेको पाइएको छ । बक्कल र सिक्री निलेपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो ।नोबेलका शल्य चिकित्सक डा. ध्रुवनारायण शाह र मोहन खड्कासहितको टो

    • प्रकाशित मितिः चैत २, २०७८
    • २२१ पटक पढिएको
  • कोरोना अपडेट : थप ८३ जनामा संक्रमित

    काठमाडौँ / देशभर थप ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ८३ जनामा संक्रमण पुष्टि भएको हो। ७ हजार ८८४ जनाको कोरोना परीक्षण गर्दा  ८३ जना संक्रमित थपिएका हुन् ।४ हजार ७३४ जनाको पिसिआर गर्दा ५७ र ३ हजार १५० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर ४ हजार ७४६ जना सक्रिय संक्रमित छन् ।१३० जना संक्रमित निको समेत भएका छन् । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।यस्तै काठमाडौंमा १५ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १३, ललितपुरमा २ संक्रमित थपिएका छन्। भक्तपुरमा भ

    • प्रकाशित मितिः चैत १, २०७८
    • १८७ पटक पढिएको
  • थप ५० जनामा कोरोना सङ्क्रमण

    काठमाडौं / देशभर पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ५३९ जनाको पीसीआर परीक्षण गर्दा ५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।सोही अवधिमा एक हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पाँच हजार ४१८ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर ५८ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १४८ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलब ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयले पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जनाएको छ । हालसम्म मुलुकमा

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • २३१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.