बैतडी / बैतडीकी एक महिलामा कालाजार संक्रमण पुष्टि भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–५ गोबडाका ३७ वर्षीया एक महिलामा कालाजार पुष्टि भएको हो ।

धनगढीमा उपचार गराउने क्रममा ती महिलामा कालाजार पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य कार्यलयले जनाएको छ । महिलालाई कालाजार देखिएपछि छेउछाउका २१ जनाको नमुना संकलन गरेर परीक्षण गरिए पनि उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ ।