काठमाडौँ / देशभर थप ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ८३ जनामा संक्रमण पुष्टि भएको हो। 

OM Sai Pathibhara Hospital

७ हजार ८८४ जनाको कोरोना परीक्षण गर्दा  ८३ जना संक्रमित थपिएका हुन् ।

४ हजार ७३४ जनाको पिसिआर गर्दा ५७ र ३ हजार १५० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो । 

योसँगै देशभर ४ हजार ७४६ जना सक्रिय संक्रमित छन् ।

१३० जना संक्रमित निको समेत भएका छन् । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

यस्तै काठमाडौंमा १५ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १३, ललितपुरमा २ संक्रमित थपिएका छन्। भक्तपुरमा भने संक्रमित भेटिएनन् ।