धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक (सभा बैठक) बोलाइएको छ ।

प्रतिष्ठानमा लामो समयदेखि माग गरिएको सिनेटको बैठक आगामी चैत्र २० गतेका लागि बोलाइएको हो । 

OM Sai Pathibhara Hospital

सिनेट बैठकको मुख्य एजेन्डा प्रतिष्ठानका पदाधिकारीका विषयमा छानबिन गर्न गठित समितिको प्रतिवेदनका विषयमा छलफल रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीले काम नगरेको भन्दै कारबाहीका लागि समितिले सिफारिस गरिसकेको छ ।

कूल सिनेट सदस्य २४ जना रहेका छन् । हाल केही सदस्यहरू निष्क्रिय पनि भइसकेका छन् । लामो समयदेखि प्रतिष्ठानमा भएको विकृतिविरुद्ध विद्यार्थी तथा चिकित्सकहरूले सिनेट बैठकको माग गरिरहेका थिए ।