झापा  / पछिल्लो २४ घण्टामा देशभर थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

चार हजार चार सय ९५ जनाको पीसीआर परीक्षण गर्दा ३५ र दुई हजार ९९ जनाको एन्टिजेन परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार २४ घण्टामा ४८१ जना सङ्क्रमण मुक्त भएका छन् । अहिले देशभर २६ हजार ६८८ जना सक्रिय सङ्क्रमित छन् । 

पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको मृत्यु भएको छ भने योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको मन्त्रालयले जनाएको छ ।