काठमाडौं / देशभर पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ५३९ जनाको पीसीआर परीक्षण गर्दा ५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा एक हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पाँच हजार ४१८ जनामा परीक्षण गर्दा पीसीआरएन्टिजेन गरेर ५८ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १४८ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलब ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयले पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जनाएको छ । हालसम्म मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५० पुगेको छ । पछिल्लो २४ घण्टामा मुलुकमा ९२ हजार ४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । नेपालमा हाल चार हजार ८१९ जना सक्रिय सङ्क्रमित छन् ।