चितवन / भरतपुर महानगरपालिकाभित्र रहेका २२० विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य गरिएको छ । समाज र विद्यालयमा लैङ्गिक हिंसाका घटना बढ्न थालेपछि यसको अन्त्यका लागि लैङ्गिक शिक्षक राखिएको भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिए ।महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालय १ सय २३ र संस्थागत विद्यालय ९७ वटामा नै लैङ्गिक शिक्षक राख्नका लागि पत्राचार गरिएको उनले बताए । उनले भने हरेक विद्यालयमा रहेका महिला शिक्षकलाई लैङ्गिक शिक्षकका रूपमा तोकी प्रशिक्षण दिने कामसमेत गरिएको छ ।”प्रतिनिधिका रूपमा आएका शिक्षकले लैङ्गिक हिंसाका बारेमा जानकारी लिई त्यस विषयमा शिक्षक तथा विद्
बिर्तामोड (रासस) “स्वदेशमा नै डाक्टर पढ्न पाउनुको छुट्टै आनन्द हुन्छ । समयसमयमा घर परिवारसँग भेटघाट हुन्छ । फेल हुुने सम्भावना हुन्न । विदेशमा डाक्टर पढ्न गएका कतिपय विद्यार्थी ‘होमसिक’ भएर घर फर्किने गर्दछन् । यसैले ‘एक प्रदेश, एक मेडिकल कलेज’ स्थापना हुनुपर्छ । मेडिकल कलेजका लागि आवश्यक पूर्वाधार, जनशक्ति तथा अस्पताल जस्ता मापदण्ड पूरा गरेका कलेजलाई सरकारले सम्बन्धन दिनुपर्छ । यस्ता कलेजले सम्बन्धन पाउनुपर्छ पनि ।”त्रिभूवन विश्वविद्यालय, चिकित्सा विज्ञान अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसमा एमबिबिएस तहको अन्तिम वर्षको अध्ययन पूरा गर्न लागेका विनय पगेनीले भने । विद्यार्थी नेतासमेत रहेका
काठमाडौँ / बौद्ध साहित्यमा महत्वपूर्ण धार्मिक दस्तावेजका रुपमा मानिएको अष्टसहस्रिका प्रज्ञा पारमिता नेपाली भाषामा बजारमा आएको छ । बुद्ध वचन अनुवाद समिति नेपालद्वारा प्रकाशित सो कृति भोट भाषाबाट नेपालीमा अनुवाद गरिएको छ । यसमा वैदिक दर्शन र बौद्ध दर्शनबीचको निकट सम्बन्धलाई देखाइएको छ । साहित्यमा आत्म, अनात्मा र शून्यता विषयको दार्शनिक पक्षलाई समेटिएको छ । विभिन्न गुम्बाका प्रमुख लामा, धर्मगुरु, सङ्घसंथाका प्रतिनिधिलगायतको उपस्थितिमा बौद्धस्थित होटल हार्मिकामा आज आयोजित कार्यक्रममा विमोचन गरिएको कृतिमा शाक्यमुनि बुद्धले दिएको ज्ञानलाई बोध गरी दुःखबाट मुक्ति प्राप्त गर्ने उपाय कौशलका र
बनेपा / करीब दुई महीनादेखि कम्प्युटर शिक्षा लिन थालेका अमिर तामाङले आफूलाई निकै भाग्यमानी सम्झेका छन् । गाउँको विद्यालयमा बढेर पनि कम्प्युटर शिक्षा लिन पाउँदा निकै खुशी लागेको उनले बताएका छन् । कक्षा ८ मा अध्ययनरत मन्दागाउँका विद्यार्थी तामाङले पहिला कम्प्युटर के हो रु कसरी काम गर्छ, भन्ने नै थाहा नपाएकामा अब त्यस बारेमा सामान्य ज्ञान लिन पाएको बताएका छन् । ‘‘दुर्गम क्षेत्रमा बसेर पनि विद्यालयले कम्प्युटर सिक्न पाउने व्यवस्था गरेपछि पहिलोपटक कम्प्युटर देख्न, छुन र त्यससम्बन्धी ज्ञान लिन पाएकोमा धेरै खुशी छु’’, उनले भने, “पहिला कम्प्युटर नै छुन नपाएको म अहिले अङ्ग्रेजी टाइपिङ, फोटोशप
दूल्लु / रायण नगरपालिका– ५ नवदुर्गा निमावि धिताहमा सयौंँ विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।ज्वरो आउने, रिँगटा लाग्ने र शरीर काम्ने लगायतको लक्षण देखिन थालेपछि मङ्गलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिएका छन् । उनका अनुसार आइतबार १ सय ५०, सोमबार एक सय र मङ्गलबार ८५ विद्यार्थी बिरामी परेपछि बाध्य भएर चिकित्सक र व्यवस्थापन समितिको सल्लाहमा तीन दिनका लागि विद्यालय बन्द गरिएको हो । विद्यार्थी बिरामीले ग्रसित भएको खबर जिल्ला अस्पताल दैलेखमा पुगेपछ
काठमाडौँ / त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक निःशुल्क पढ्ने व्यवस्था गरेको छ । पुस्तकालयले रिमोट एक्सेस प्रणालीको विकास गरेर घरमै बसेर पुस्तक, डकुमेन्ट, जर्नल पढ्न व्यवस्था गरेको हो । पुस्तकालयले रिमोट एक्सेस सेवासहितको प्रोक्वेस्ट डाटाबेस सफट्वेयर जडान गरी विदेशमा रहेका पुस्तक पढ्ने व्यवस्था गरेको हो । बेलायतबाट उक्त सफ्टवेयर पुस्तकालयले ३२ लाख रुपैयाँमा खरीद गरेको हो । पुस्तकालयले त्रिविअन्तर्गतका आङ्गीक क्याम्पस र पुस्तकालयसँग सम्झौता गरेका अन्य विश्वविद्यालयका विद्यार्थीलाई प्रोक्वेस्ट डाटाबेस सफट्वेयरबाट निःशुल्कर
कर्णाली / एक दशकअघि कर्णालीका अस्पतालमा चिकित्सक भेटिने गरेका थिएनन् । कुनै घटनाको शव परीक्षण गर्न हप्ता दिन कुर्नुपर्ने अवस्था थियो । दुर्गमले परिचित कर्णाली अहिले चिकित्सा शिक्षा ‘डाक्टर’ पठाउने भएको छ । काठमाडौँको आँखाले कर्णाली दुर्गम भनिथ्यो र कर्णालीमा चिकित्सकदेखि कर्मचारी आउने मान्दैन थिए । सरकारले कर्मचारीले कर्णालीमा सरुवा गरेपछि कारवाही गरेको सम्झने र आफूलाई हिनताबोध गर्ने गरेका थिए । भक्तपुरका डा. रहिस कोजु जनरल ‘प्राक्टिस इमरजेन्सी मेडिसन’ पढ्न कर्णाली पुगेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो वर्षदेखि पढाउन शुरु गरेको स्नातकोत्तर तहको डाक्टरी पढ्न जुम्ला
कर्णाली / कर्णाली प्रदेशबाट पहिलोपटक दिनेशकुमार शाहीले ऊर्जा विषयमा विद्यावारिधि गरेका छन् । विश्वकै उत्कृष्ट विश्वविद्यालयमध्येको एक मानिने जापानको टोक्यो सिटी विश्वविद्यालयबाट शाहीले विद्यावारिधि गरेका हुन् ।ऊर्जाको खानी मानिने कर्णालीबाट ऊर्जामा विद्यावारिधि गर्ने शाही पहिलो बनेका छन् । टोक्यो सिटी विश्वविद्यालयले शुक्रबार एक विशेष समारोह आयोजना गरेर शाहीलाई विद्यावारिधिको उपाधि प्रदान गरेको हो । नेपालको त्रिभुवन विश्वविद्यालयबाट गणितमा स्नातकोत्तरसमेत गरेका उनले विकासोन्मुख देशहरुले ऊर्जामा कस्तो नीति बनाउने भन्ने विषयमा गहन अनुसन्धान गरेका छन् ।रास्कोट नगरपालिका–५ कालीकोटको एक सामान
तनहुँ / तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले प्रभावित व्यक्तिका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरेको छ । आयोजनाले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत सोही वडामा रहेको शुक्ला माध्यमिक विद्यालयबाट छात्रवृत्ति वितरण शुरुआत गरेको हो । आयोजनाले विद्यालयमा अध्ययनरत १० विद्यार्थीलाई एक लाख सात हजार रुपैयाँ छात्रवृत्ति रकम प्रदान गरेको सहनिर्देशक भोला शर्माले जानकारी दिए । उनका अनुसार प्रतिविद्यार्थी १० हजार ७ सय रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ । आयोजनाबाट प्रभावितका जेहेन्दार, लगनशील र विपन्न विद्यार्थी छनोट गरी छात्रवृत्ति
स्याङ्जा / स्याङ्जाको बिर्घास्थित मातृभूमि सामुदायिक पुस्तकालयको नयाँ भवन निर्माण सम्झौतामा भएको छ । पुस्तकालयका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, रिड नेपालका सदस्य सुशील मैनाली र बाबुरत्न कन्स्ट्रक्सनका रोशन श्रेष्ठबीच भवन निर्माणसम्बन्धी सम्झौता पत्रमा शुक्रबार हस्ताक्षरभएको छ । भूकम्पबाट क्षति भएको पुरानो भवन हटाए शान्ति भोलन्टियर एशोसिएशन नेपालको आर्थिक सहयोगमा उक्त भवन निर्माण गर्न लागेको अध्यक्ष पाण्डेले जानकारी दिए ।बालकदेखि प्रौढमैत्री कक्षको कल्पना गरी निर्माण गर्न लागिएको उक्त पुस्तकालय भवन सबै उमेर समूहका पाठकको रोजाइ सिकाइ गन्तव्य मातृभूमि हुनेछ । भवन निर्माण सम्झौता
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.