धादिङ— धादिङको फुर्के खोलानजिक रहेको राजमार्गमा रहेको सूचनापाटी विगत चार वर्षदेखि जीर्ण अवस्थामा रहँदा यात्रुहरूलाई जानकारी लिन असहज हुने अवस्था थियो।
यात्रुहरूका लागि सूचनाको सहज पहुँच सुनिश्चित गर्न सौगात थपलिया र सन्दीप खड्काले आफ्नो व्यक्तिगत खर्चमा सो सूचनापाटी मर्मत तथा पुनःनिर्माण गरेका छन्। उनीहरूले पुरानो सूचनापाटीलाई नयाँ स्वरूपमा परिवर्तन गरी यात्रुहरूको सहूलियतका लागि उपयोगी बनाएका छन्।
स्थानीयस्तरमा यस किसिमको व्यक्तिगत पहललाई सराहना गरिएको छ। जनहितका काममा व्यक्तिगत जिम्मेवारी लिने संस्कृति विकास हुँदै गएको सकारात्मक संकेतका रूपमा यस कार्यलाई हेरिएको छ।