समाज

    Showing 9,831-9,840 of 11,162 items.
  • काठमाडौँकै धागो उद्योगमा भिषण आगलागी

    काठमाडौँ । काठमाडौँको बौद्धस्थित एक धागो कारखानामा भीषण आगलागी भएको छ । आगो निभाउन बौद्धका डीएसपी राजु पाण्डे नेतृत्वको सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन् ।आगलागी नियन्त्रणमा लिन भक्तपुर र पाटनमा उपलब्ध दमकल पनि पठाउन लागिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेश मैनालीले बताए ।

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 608 पटक पढिएको
  • सुन्दरीजल घुम्न जाँदा बेपत्ता भएका युवक मृत भेटिए

    काठमाडौँ=- सुन्दरीजल घुम्न जाँदा बेपत्ता भएका युवक मृत फेला परेका छन्।  काठमाडौं महानगरपालिका(३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय विवेक पौडेल शुक्रबार बिहान मृत भेटिएका हुन्। उनी बिहीबार गोकर्णेश्वर नगरपालिका(१ सुन्दरीजल घुम्न जाँदा खसेर बेपत्ता भएका थिए। स्थानीयसहित प्रहरी वृत्त बौद्वबाट खटिएको संयुक्त टोलीले शव फेला परेको प्रहरीले जनाएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 453 पटक पढिएको
  • छोरालाई सजायस्वरुप कसौडीमा हालेर आगोमा राख्नेलाई व्यक्ति नियन्त्रणमा

    काठमाडौँ-  ओखलढुंगामा आफ्नै दुई छोरालाई अमानवीय ढंगले यातना दिएको आरोपमा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्वा गाउँपालिका–९ का फुरिङ्जी शेर्पा छन् । उनलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।प्रहरीका अनुसार शेर्पाले आफ्ना चार वर्षीय र सात वर्षीय छोरालाई अमानवीय तरिकाले यातना दिएका थिए ।जसमध्ये एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडियामा तामाको भाँडो आगोमा तताएर त्यसभित्र बालकलाइ राखिएको देखिन्छ ।त्यस्तै, खुट्टासमेत बाँधेर टाउको तल पारेर यातना दिइएको छ । उक्त भिडियो जीवन लिम्बुको फेसबुक पेजबा

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 474 पटक पढिएको
  • भोलि कोशी प्रदेशमा सार्वजनिक बिदा

    काठमाडौं–विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाउन कोशी प्रदेश सरकारले भोलि प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।कोशी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आजको बैठकले यो निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले यो जानकारी दिएका छन्।यस निर्णयसँगै प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरू बन्द रहनेछन्। 

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 557 पटक पढिएको
  • रामेछापमा व्यक्ति हत्याका आरोपी भक्तपुरबाट पक्राउ

    काठमाडौँ- गएको असार २० गते रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३, घर भइ सल्यानिभीरमा मृत फेला परेका ४१ वर्षीय गणेश पाठकको हत्या आरोपमा एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३, बस्ने वर्ष १९ को रुजन श्रेष्ठ रहेका छन्।वारदात पश्चात फरार रहेका उनको खोजतलास गर्दा भक्तपुरको सूर्यविनायक-८,दार्जिलिङ हाईटमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। श्रेष्ठमाथि आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 484 पटक पढिएको
  • जापानमा भूकप्प

    काठमाडाैँ-जापानमा शक्तिसाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भे (यूएसजीएस) का अनुसार दक्षिणी जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ । जापानी ब्रोडकास्टर एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोशिमा जस्ता क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ । 

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 525 पटक पढिएको
  • विपद्‍मा परी हालसम्म १६७ जनाको मृत्यु

    काठमाडौँ- अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म १ सय ६७ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५२ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ६७ जनाको मृत्यु भएको हो । साथै काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४४ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५१

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 331 पटक पढिएको
  • सुर्खेतमा ३२ जना सवार स्कुल बस दुर्घटना

    काठमाडौं । वीरेन्द्रनगरमा स्कुल बस दुर्घटनामा परेको छ । डिभी निकेतन स्कुलको विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो।वीरेन्द्रनगर नगरपालिका-८, इत्राम खोलामा बस चिप्लिएर पल्टिएको प्रहरीले जनाएको छ।  बस स्कुल बिदा भए घर फर्किँदै थियो ।प्रहरीका अनुसार बसमा ३२ जना विद्यार्थी सवार थिए । केही विद्यार्थी घाइते भएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 393 पटक पढिएको
  • हेलिकप्टर दुर्घटना : ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक

    काठमाडौं। नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको छ ।पाइलट चाहिँ नेपाली नागरिक रहेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले बताए । उनका अनुसार, ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन के मल्ल छन् ।केसीका अनुसार, ज्यान गुमाउनेमध्ये वीबाहेक अरु सबै चिनियाँ नागरिक हुन् । रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको एयर डाइनस्ट्रीको हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको थियो । लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले ५ जनाको शव निकालेको थियो ।

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 880 पटक पढिएको
  • जाजरकोट दुर्घटना अपडेट ; चालकको घटनास्थलमै मृत्यु‚ बाँकी सबै घाइते

    सुर्खेत - जाजरकोटको भेरी नगरपालिका(६ गंजमा भएको ग १ ज ७७११ डबल क्याप बोलेरो जिप दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ।जाजरकोट सदरमुकाम खलंगाबाट वडा नम्बर ६ नेटातर्फ जाँदै गरेको उक्त जिपमा १७ जना सवार रहेकोमा चालक भेरी नगरपालिका–६ गंगटियाका ३५ वर्षीय मानबहादुर वलीको मृत्यु भएको छ। जिप सडकबाट ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए।जाजरकोट भेरी नगरपालिका(६ की २८ वर्षीया सपना बिक सार्की, ३५ वर्षीया भूमिका शाही, १९ वर्षीया दुर्गा पुन, १९ वर्षीया बिन्दु शाही, ५५ वर्षीया मोती लुहार, १७ वर्षीया सीता पुन घाइते भएका छन्। २१ वर्षीया

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 180 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.