काठमाडाैँ-जापानमा शक्तिसाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भे (यूएसजीएस) का अनुसार दक्षिणी जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ । 

जापानी ब्रोडकास्टर एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोशिमा जस्ता क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ ।