काठमाडौँ=- सुन्दरीजल घुम्न जाँदा बेपत्ता भएका युवक मृत फेला परेका छन्।  काठमाडौं महानगरपालिका(३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय विवेक पौडेल शुक्रबार बिहान मृत भेटिएका हुन्। 


OM Sai Pathibhara Hospital

उनी बिहीबार गोकर्णेश्वर नगरपालिका(१ सुन्दरीजल घुम्न जाँदा खसेर बेपत्ता भएका थिए। स्थानीयसहित प्रहरी वृत्त बौद्वबाट खटिएको संयुक्त टोलीले शव फेला परेको प्रहरीले जनाएको छ। 


यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।