सुर्खेत - जाजरकोटको भेरी नगरपालिका(६ गंजमा भएको ग १ ज ७७११ डबल क्याप बोलेरो जिप दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ।जाजरकोट सदरमुकाम खलंगाबाट वडा नम्बर ६ नेटातर्फ जाँदै गरेको उक्त जिपमा १७ जना सवार रहेकोमा चालक भेरी नगरपालिका–६ गंगटियाका ३५ वर्षीय मानबहादुर वलीको मृत्यु भएको छ। 


OM Sai Pathibhara Hospital

जिप सडकबाट ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए।


जाजरकोट भेरी नगरपालिका(६ की २८ वर्षीया सपना बिक सार्की, ३५ वर्षीया भूमिका शाही, १९ वर्षीया दुर्गा पुन, १९ वर्षीया बिन्दु शाही, ५५ वर्षीया मोती लुहार, १७ वर्षीया सीता पुन घाइते भएका छन्। 


२१ वर्षीया धनसरा खड्का, ८० वर्षीय कलिमान खत्री, २८ वर्षीया भूमिकला राना घर्ती घाइते भएका छन्। 


सामान्य चोट लाग्नेहरुमा ४ महिनाका प्रज्वल घर्ती, ३६ वर्षीया कल्पना खत्री, ३३ वर्षीया अस्मिता खत्री, ३१ वर्षीया पार्वती उपाध्याय र ४० वर्षीया हीरा सार्की रहेका छन्। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।