समाज

    Showing 9,791-9,800 of 10,247 items.
  • यस्तो छ आज दिनभरको मौसम

    बिर्तामोड / आज देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्वी भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।यस्तै आज दिउँसो प्रदेश १ लगायत देशका अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली हुने सम्भावना रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ। र, प्रदेश

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 150 पटक पढिएको
  • कोरोना रोकथामका नाममा चढाइयो देवतालाई पशु बलि

    जाजरकोट / कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि (बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर कालिका माई देवीलाई बलि दिइएको स्थानीयवासी हरिबहादुर खत्रीले बताए  । नलगाडमा एक जनप्रतिनिधको मृत्यु भएसँगै छिमेकी रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा व्यापक मात्रामा कोरोनाको सङ्क्रमण बढेपछि सो रोक्न बलि दिइएको खत्रीले जानकारी दिए । उनले भने, “यसको औषधि बनेको छैन रे, हाम्रो गाउँमा समेत एक जनालाई कोरोना देखिसक्यो । बाँच्ने उपाय केही नभएपछि देवीको शरणमा पुगेको छौँ ।” यही जेठ १२  गते मष्टो देवतालाई बलि दिने गरी शनिबार बोकाको भाकल गरिएको छ । शनिब

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 247 पटक पढिएको
  • भिन्ना–भिन्नै ठाउँमा करेन्ट लागेर २ जनाको मृत्यु

    विराटनगर / सुनसरी र पाँचथरमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । आज बिहान ९ बजे सुनसरी गढि गाऊपालिका –२ औराबनी का ३५ बर्षीय अरुण चौधरीको ईनरुवा ७ बलाहा छेउमा रहेको ओम सक्ति प्लाई फ्याक्ट्रिमा काम गर्ने क्रममा करेन्ट लागी घाईते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा बिहान साढे ९ बजे मृत्यु भएको छ । त्यस्तै आज दउसो साढे ११ बजे पाँचथर याङबरक ५ का २२ बर्षीय रोमी लिम्बुको घर बनाउने मजदुर काम गर्ने क्रममा करेन्ट लागी  घाईते भएका उनको उपचारको क्रममा वीएण्डसी अस्पताल बिर्तामोडमा दिउसो सवाँ १२ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा प्रहरी टोली खटि गई अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 112 पटक पढिएको
  • बन्दाबन्दीमा पनि सवारी दुर्घटनाबाट ६४ जनाको मृत्यु

    रुपन्देही / बन्दाबन्दीका समयमा लुम्बिनी प्रदेशमा भएका सवारी दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका छन् । आज बुटवलमा पत्रकार भेटघाटको आयोजना गरी  प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर बिकले बन्दाबन्दीका समयमा दुर्घटना नरोकिएका कारण सवारी चालक र सडक प्रयोगकर्ताहरू सचेत रहनुपर्ने बताए ।प्रहरी उपरीक्षक बिकले सबैको सहकार्यमा मात्रै सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने औँल्याए । उनले सडक दुर्घटना न्यूनीकरणका लागि प्रदेश सरकारको चासो रहेकाले सबैको समन्वयमा यसको हल गर्नुपर्ने बताए । “मृत्युदर निवारण गर्ने नै सामूहीक उद्देश्य हो । यो समस्या ट्राफिकको मात्रै होइन सबैको हो ।

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 186 पटक पढिएको
  • वाग्मती सफाइ : भोजन सेवा दिइने

    काठमाडौँ / परिवर्तित कोरोना भाइरसको सङ्क्रमण तीव्र भइरहेका बेला  सरसफाइमा ध्यान दिन आह्वानसहित वाग्मती सफाइ महाभियानलाई निरन्तरता दिइएको छ । फोहरमा रोग र महामारी पनि फैलने भएकाले यस्तो आह्वान गरिएको महाअभियानले जनाएको छ ।विसं २०७० जेठ ५ गतेदेखि राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ शुरु भएको सफाइ महाभियानको ४१८ औँ हप्तामा आज पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरियो । पशुपति क्षेत्रमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा. माला खरेलका नेतृत्वमा काठमाडौँ महानगरपालिका वडा नं. ९ का सदस्य टेकराज अधिकारीसहित दुई जनाले भौतिक दूरी कायम गर्दै स्वास्थ

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 114 पटक पढिएको
  • वनक्षेत्रमा शिकारी र तस्करको चहलपहल

    महोत्तरी / चारैतिर निषेधाज्ञाले आवागमन पातलिएका बेला यहाँका वनक्षेत्रमा वन तस्कर र शिकारीको चहलपहल बढेको छ । जिल्लाको गौशाला र बर्दिबास नगरपालिका क्षेत्रमा पर्ने वनमा केही दिनदेखि तस्कर र शिकारीको चहलपहल बढेको वनक्षेत्र नजीकका बासिन्दाले बताएका छन् । जिल्लामा गत वैशाख २२ गतेदेखि जारी निषेधाज्ञाको अवधि यही जेठ १० गतेसम्मलाई बढाइएको छ ।जिल्ला र छिमेकको सर्लाहीमा समेत निषेधाज्ञाको मौका छोपी वनक्षेत्रमा तस्कर र शिकारीको चहलपहल बढेको हो । तस्कर चालढाल बुझ्न वन पस्ने गरेका भए पनि शिकारी चाहिँ दिनहुँ बँदेल, हरिण, मृग, दुम्सीलगायत वन्यजन्तुको शिकार गरेर फर्कने गरेका वनसँगै जोडिएको गौशाला–८ ढल्केवर बस्

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 103 पटक पढिएको
  • बेवारिसे ३५० गाईबाछाको उद्धार

    काठमाडौँ / असहाय गाईबाछा संरक्षण अभियानले बितेका दुई वर्षमा सडक पेटीका बेवारिसे ३५० गाईबाछा विभिन्न स्थानबाट उद्धार गरी व्यवस्थापन गरेको छ । अभियानले उद्धार गरी छाना, खाना र उपचारको उचित प्रबन्धको सुनिश्चिततासमेत गरेको छ । खान नपाएर दुब्लाएका, पानी पिउन नपाएका, सडक दुर्घटनामा घाइते बनेका, सानो उमेरमै बाटामा फालिएका, रेबिज रोग लागेका र अनेक किसिमले दुव्र्यवहारमा परेका गाईबाछाको संरक्षणका लागि २०७६ जेठ १ गते  अभियान शुरुआत गरिएको थियो । वाग्मती सफाइका क्रममा हरेक दिन कम्तीमा एउटा बाछाको अन्त्येष्टि गर्नुपरेको  अनुभव समेट्दै अब उनीहरुले अकालमा मृत्युवरण गर्नु नपरोस् भन्ने हेतु

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 103 पटक पढिएको
  • अरुण तेस्रोको काम ठप्प

    किमाथाङ्का / सङ्खुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ । सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै मजदूरले आयोजनास्थलका निर्माण सामग्रीमा तोडफोड गरेका थिए । अवरुद्ध भएको आयोजनाको काम गर्न सतलज कम्पनी तथा  सरोकारवाला निकायसँग छलफल भइरहेको र चाँडै आयोजनाको काम पुनः सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । बुधबार बिहान साढे ८ः०० बजे सुरुङभित्र बारुद लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएक

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 170 पटक पढिएको
  • ‘स्वास्थ्य सङ्कटको समयमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका’

    काठमाडौँ / स्वास्थ्य सङ्कटको समयमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले आज यहाँ आयोजना गरेको ‘विपत्मा कसरी जोगिएर पत्रकारिता गर्ने ?’ विषयक कार्यक्रममा वरिष्ठ पत्रकार एवम् प्राध्यापक रामकृष्ण रेग्मीले विगतमा सङ्क्रमणको समयमा गरेको पत्रकारितालाई आधार मानेर आगामी दिनमा पत्रकारिता गर्नुपर्ने बताए । “मुलुक स्वास्थ्य सङ्कटको अवस्थामा पुगेको समयमा नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ”, उनले भने । उनले कोरोना महामारीको एक वर्ष बितिसक्दा पनि हामीले पत्रकारिता क्षेत्रमा कसरी सुरक्षित बन्ने भनेर मापदण्ड अपनाउन नसक्

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 120 पटक पढिएको
  • निषेधाज्ञामा महिला तथा बालबालिकाको उद्धार गर्न समिति गठन

    काठमाडौँ / राष्ट्रिय महिला आयोगले कोरोना भाइरस नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको समयमा लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाको तत्काल उद्धार, राहत, औषधोपचार गर्न उच्चस्तरीय अनुगमन तथा समन्वय समिति गठन गरेको छ । आयोगले कोभिड–१९ को दोस्रो चरणको सङ्क्रमण नियन्त्रणका सन्दर्भमा जारी निषेधाज्ञाको अवधिमा लैङ्गिक हिंसाका घटनाको सघन अनुगमन गर्न, लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाको तत्काल उद्धार, राहत, औषधोपचार लगायतका विषयमा विभिन्न निकायसँग आवश्यक समन्वय गर्न आयोगका अध्यक्षको संयोजकत्वमा विभिन्न निकायका प्रतिनिधि सम्मिलित उच्चस्तरीय लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 93 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.