काठमाडौँ-  मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमाथि धौलागिरी हिमालनजिकै हिमपहिरो खस्दा स्थानीय छिप्लुङ खोला थुनिएको छ। उक्त खोला वडा नम्बर २ मै पर्ने बोक्से खोलामा पुगेर मिसिन्छ।

वडा नम्बर २ का अध्यक्ष गौतम शेरचनले दिएको जानकारी अनुसार  किनारमा रहेका बस्तीहरूलाई सुरक्षित ठाउँतर्फ अवतरण गराउने काम भइरहेको छ। मुस्ताङको थासाङ गाउँपालिकामा हिमपहिरो, छिप्लुङ खोला थुनियो। बोक्से खोलामा पानी नआएपछि निरीक्षणका लागि प्रहरीसहितको टोली पुग्दा हिमपहिरोले थुनिएको भेटिएको थियो। 

OM Sai Pathibhara Hospital

गाउँपालिकाले सो ठाउँमा गएको हिमपहिरोको भिडिओ सार्वजनिक गरेको छ। भिडिओमा हिमपहिरोले खोला थुनेको देखिन्छ।