काठमाडौँ- सिधाकुरा नामक न्युज पोर्टल तथा युट्युब च्यानलले प्रकाशन गरेको ‘डार्क फाइल’ रिपोर्टमा सूचना दिने राजकुमार तिमल्सिना पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार साँझ तिमल्सिनालाई पक्राउ गरेको हो। 

उनलाई पेप्सिकोलास्थित डेराबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। 

OM Sai Pathibhara Hospital

उनलाई बैंकिङ कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको उनले बताए। बैंकिङ कसुर बाहेक उनीविरुद्ध अन्य दुई/तीन वटा कसुरमा मुद्दा परेको र त्यसमाथि पनि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 

उक्त प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले २०८१ असार १३ गते विद्युतीय कारोबार ऐन र अपमानजनक कसुरविरुद्धको अपराध गरेको अभियोगमा तिमल्सिनासहित तीन जनलाई प्रतिवादी बनाएर १ लाख रुपैयाँसम्मको जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो।

उक्त च्यानलविरुद्ध परेको अवहेलना मुद्दामा भोलि भदौ ६ गते पेसी तोकिएको छ। भोलि नै निर्णय सुनाइने जनाइएको छ।