काठमाडौं–पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि पुनः सञ्चालनमा आएको छ ।

राजमार्ग गत शुक्रबार मस्र्याङ्दी नदीमा दुर्घटनाग्रस्त भएको भारतीय यात्रु बस निकाल्नका लागि आज बिहानदेखि बन्द गरिएको थियो ।

OM Sai Pathibhara Hospital

आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा पोखराबाट काठमाडौं आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटनाग्रस्त भएको थियो । 

जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार आज बिहान सडक खुलाउनेगरी काम थालिएको भएपनि क्रेनको हुक भाँचिएपछि केही ढिलाइ भएको हो ।

बुम पुनः जडान गरी बस सफलतापूर्वक निकालिएपछि यातायात सेवा सञ्चालनमा आएको हो । उक्त दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो भने १६ जना गम्भीर घाइते भएका छन् ।