कञ्चनपुर- कैलालीमा सर्पले डसेर दुई बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार गौरीगंगा नगरपालिका–७ महुलियाका स्थान घर्तीमगरका दुई छोरीको मृत्यु भएको हो।

घर्तीमगरका ७ वर्षीया छोरी काजल र ४ वर्षीया छोरी निताको सर्पले डसेर मृत्यु भएको हो। शुक्रबार राति १ बजे सुतिरहेका बेला सर्पले उनीहरुलाई डसेको थियो। उनीहरूसँगै सुतेकी हजुर आमा मेनुकालाई पनि सर्पले डसेको थियो। उनको अवस्था सामान्य छ। मेनुकाको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

OM Sai Pathibhara Hospital

सुतिरहेका बेला राति सर्पले डसेपछि उनीहरुलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। बालिकाको उपचारको क्रममा अस्पतालमा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।