समाज

    Showing 9,281-9,290 of 11,162 items.
  • घाँटीमा मासु अड्किएर वृद्धको निधन

    धनकुटा— मासु अड्किएर धनकुटामा एक वृद्धको दुखद निधन भएको छ। महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगाका ७८ वर्षीय प्रेमबहादुर लिम्बूको घाँटीमा मासु अड्किएपछि गम्भीर अवस्था बनेको थियो।जेठ २१ गते मासु खानेदौरान घाँटीमा अड्किएपछि उनलाई तत्काल विराटनगरस्थित विराट अस्पताल लगिएको थियो। अस्पतालमा घाँटीबाट मासु त निकालिएको थियो, तर त्यसले श्वासप्रश्वास प्रणालीमा गम्भीर असर पुर्‍याएको डिएसपी ओमप्रकाश खनालले जानकारी दिए। लामो समयदेखि उपचाररत लिम्बूको गएराति निधन भएको हो।

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • 389 पटक पढिएको
  • महिलासँग रंगेहात पक्राउ परेका मालपोत कर्मचारीको कोठाबाट सरकारी कागजातको ठेली बरामद

    सिरहा— महिलासँग रंगेहात पक्राउ परेका मालपोत कार्यालयका एक कर्मचारीको कोठाबाट सरकारी कागजातको ठेली बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारीअनुसार मालपोत कार्यालय सिरहा–मिर्चैयाका कर्मचारी संजय रायको डेरामा छापा मार्दा मालपोतसम्बन्धी कैयौं कागजात फेला परेका हुन्।जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासमानले राय बस्दै आएको कोठामा खानतलासी गरिएको पुष्टि गर्दै बरामद कागजातमाथि अनुसन्धान अगाडि बढाइएको जानकारी दिए।खानतलासीका क्रममा घटनास्थलमा पुगेका सिरहा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष विनोद यादवले रायको कोठाबाट सरकारी कागजातको थुप्रो भेटिएको जानकारी द

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 381 पटक पढिएको
  • माग पुरा नभए असार २ गतेदेखि सुनचाँदी व्यवसायीले थप आन्दोलन गर्ने चेतावनी

    काठमाडौं— आन्दोलनरत सुनचाँदी व्यवसायीहरूले सरकारले २ प्रतिशत विलासिता कर तथा रत्न र पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट नहटाए असार २ गतेदेखि थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताएका छन्।शुक्रबार विराटनगरमा नेपाल सुनचाँदी व्यवसायी संघ मोरङले पत्रकार सम्मेलन आयोजना गरी सरकारको गलत कर नीतिले नेपाली उपभोक्ताहरू सीमावर्ती भारतीय बजारमा जाने सम्भावना बढेकाले आर्थिक वर्ष ०८२/८३ को बजेटमा लगाइएको कर सच्याउन माग गरेका हुन्।उनीहरूले अहिले सरकारले लिइरहेको सुन आयातमा १० प्रतिशत भन्सार र १० लाख रुपैयाँभन्दा बढीको सुनका गरगहना खरिद गर्दा लगाइएको विलासिता कर नै उपयुक्त भएको समेत बताएका छन्। सरकारले विलासिता क

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 406 पटक पढिएको
  • प्रतिन्धित लागू औषधसहित ४ जना पक्राउ

    विराटनगर— धनकुटा र सुनसरीबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुन कटुवाल, सुमन माझी, रोहित बिष्ट र बालकृष्ण मगर रहेका छन् । विहीबार अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका–४ स्थित चेकजाँचको क्रममा बाग्मती प्र.०२–०५२ प ७७५७ नम्बरको स्कुटर चालक दुधौली नगरपालिका–१० सिन्धुलीका ३३ बर्षीय अर्जुन कटुवाललाई २७ ग्राम ९२ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिए संगै ओसार पसारमा संलग्न उदयपुरको कटारी नगरपालिका–२ का ३३ बर्षीय सुमन माझीलाई पक्राउ गरेको हो । अस्थायी प्रहरी चौकी रेल्वेले धरान– १६ बाट सोही स

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 463 पटक पढिएको
  • वल्र्डलिङ्क नेटको तार जोड्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

    सुनसरी— सुनसरीको इनरुवा नगरपालिका–८ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो साढे १२ बजे सोहि स्थानमा वल्र्डलिङ्क नेटको तार जोड्ने क्रममा करेन्ट लागेको हो ।तार जडान गर्ने क्रममा  नेटका कर्मचारी इटहरी उप–महानगरपालिका–१४ का २६ बर्षीय मुकेश कुमार चौधरी अचानक करेन्ट लागि घाइते भएकोमा उनलाई जिल्ला अस्पताल सुनसरी इनरुवामा सामान्य उपचार पश्चात थप उपचारको लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए । 

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 302 पटक पढिएको
  • मिश्र र राणा फरार घोषित, पक्राउ पुर्जी जारी हुने तयारी

    काठमाडौं— राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणा अदालतमा अनुपस्थित भएपछि उनीहरूलाई फरार अभियुक्त घोषणा गरिएको छ। अब उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी हुने प्रक्रिया अघि बढाइएको छ।तीनकुनेमा चैत १५ गते भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा संलग्न रहेको आरोपमा मुद्दा दायर हुँदा मिश्र र राणा दुवै अदालतमा उपस्थित थिएनन्। उनीहरू अनुपस्थित रहँदा सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा आरोपपत्र पेश गरिसकेको छ।राणा उपचारका लागि अदालतबाट हाजिर जमानीमा छुटेका थिए भने मिश्र बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत रिहा भएका थिए। तर अब उनीहरू सम्पर्कविहीन छन्। अदालत स्रोतका अनुसार अनुसन्धान

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 483 पटक पढिएको
  • कन्सट्रक्सनको सामान चोरीमा संलग्न आरोपमा तीन जना पक्राउ

    ओखलढुंगा— कन्सट्रक्सनको सामान चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिमल कार्की, रज बिश्वकर्मा र एक जना बालक रहेका छन् ।खिजिदेम्बा गाउँपालिका–७ स्थितमा रहेको एपोलो हाइड्रोपावर प्रा.लि. अन्तर्गतको त्रिसाइज कन्सट्रक्सन कम्पनीको सामानहरु खिजिदेम्बा–८ स्थित क्याम्पको कम्पाउण्डमा राखेकोमा जेठ २७ गते राती ड्रिल मेसिन १ थान, ग्रेन्डर १ थान र बिभिन्न प्रकारको तारहरु चोरी भएको भन्ने जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खोजतलाशमा खटिएको प्रहरी टोलीले सामानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 455 पटक पढिएको
  • भालुबाङमा सिम्रिक एयरको हेलिकप्टर आकस्मिक अवतरण

     दाङ— सिम्रिक एयरको हेलिकप्टर दाङको भालुबाङमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट बिरामी ल्याउन बाजुरा जान लागेको हेलिकप्टर खराब मौसमका कारण भालुबाङस्थित सशस्त्र प्रहरीको २९ नम्बर गणमा आकस्मिक अवतरण गरिएको हो ।करिब १ घण्टा अघि अवतरण गरिएको हेलिकप्टर अझैँ त्यही रहेको गणपति एसपी मनोज धितालले नेपाल प्रेसलाई जानकारी दिए ।भीषण वर्षाका कारण भालुवाङबाट हेलिकप्टर उड्न नसकेको हो ।

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 390 पटक पढिएको
  • आफ्नै मालिकलाई यौन दुर्व्यवहारमा फसाउन खोज्दा…

    पोखरा — पोखरामा एक सुनचाँदी व्यवसायीलाई यौन दुर्व्यवहारको आरोपमा फसाई आर्थिक लाभ लिन खोज्ने आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा–१५ टुटुङ्गाकी २७ वर्षीया मरियम राई, मोरङ विराटनगरका ३८ वर्षीय देव लिम्बु र संखुवासभाको सभापोखरी गाउँपालिका–२ का ४० वर्षीय टेकबहादुर सुवेदी रहेका छन्।कास्की प्रहरीका अनुसार मरियम राई पोखरा महानगरपालिका–४ मा रहेको एक सुनचाँदी पसलमा काम गर्थिन्। उनले लिम्बु र सुवेदीसँग मिलेर पसल सञ्चालकलाई यौन दुर्व्यवहारमा फसाउने धम्की दिँदै ५० लाख रुपैयाँ माग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।राईले पसल सञ्चालककी श्रीमतीलाई लेकसाइडस्थित एक होटलमा बोलाएर, ‘जिन्दगीभ

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 349 पटक पढिएको
  • वृद्ध उमेरको त्रासदीः ९० वर्षका वृद्धले ७६ वर्षीया पत्नीको हत्या गरे

    नवलपरासी— नवलपरासी पूर्वको देवचुली नगरपालिका—३ आम्बासका एक वृद्धले आफ्नी वृद्धा पत्नीको हत्या गरेका छन्। ९० वर्षीय दिलबहादुर थापाले ७६ वर्षीया श्रीमती जमुना थापाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।ती वृद्धले आफ्नी पन्तीको टाउकोमा फलामको रडले प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले थापालाई पक्राउ गरेको छ। उनीहरुबीच घरायसी विवाद हुँदा हत्याको घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी मधु नेपालले जानकारी दिए। पतिले फलामको रड टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो। पत्नीको हत्यापछि फरार भएका थापालाई प्रहरीले खोजीका क्रममा पक्राउ गरेको हो। उन

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 351 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.