धनकुटा— मासु अड्किएर धनकुटामा एक वृद्धको दुखद निधन भएको छ। महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगाका ७८ वर्षीय प्रेमबहादुर लिम्बूको घाँटीमा मासु अड्किएपछि गम्भीर अवस्था बनेको थियो।

जेठ २१ गते मासु खानेदौरान घाँटीमा अड्किएपछि उनलाई तत्काल विराटनगरस्थित विराट अस्पताल लगिएको थियो। अस्पतालमा घाँटीबाट मासु त निकालिएको थियो, तर त्यसले श्वासप्रश्वास प्रणालीमा गम्भीर असर पुर्‍याएको डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।

लामो समयदेखि उपचाररत लिम्बूको गएराति निधन भएको हो।