समाज

    Showing 8,841-8,850 of 10,220 items.
  • ह्युस्टनमा नेपाली विद्यार्थीको हत्या‚ प्रहरीद्धारा संदिग्धको फोटो सार्वजनिक

    काठमाडौं–अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको घटनामा प्रहरीले संदिग्धको फोटो सार्वजनिक गरेको छ । संदिग्धको पहिचान भने अझै खुलेको छैन ।सीसीटीभी फुटेज अनुसार संदिग्ध स्थानीय समयानुसार शनिबार‚ अगस्ट २४ मा राति ९:४८ बजे घटनास्थलमा पुगेको देखिन्छ । फोटो सार्वजनिक भए पनि संदिग्ध पक्राउ परेको छैनन् । प्रहरीले अनुसन्धान जारी राखेको छ । संदिग्ध ती अमेरिकी युवक होइन‚ जोसँग मुना प्रेम सम्बन्धमा थिइन् ।मुना सोमबार साँझ आफ्नो ह्युस्टनस्थित अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरी घटनास्थलमा पुग्दा उनको छातीमा गोली लागेको थियो ।ह्युस्टन प्रहर

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 506 पटक पढिएको
  • शंखमुलमा पुल हाउस सञ्चालकको हत्या, २२ वर्षीय युवक पक्राउ

    काठमाडौं–काठमाडौं महानगरपालिका–१० शंखमुल साईबाबा पार्कस्थित पुल हाउसका सञ्चालक रूपक बान्तवाको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । सोही ठाउँमा डेरा गरी बस्ने बारा सिम्रौनगढ नगरपालिका–७ घर भएका २२ वर्षीय एमके कुमारलाई प्रहरीले हत्या अभियोगमा नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार कुमारले सोमबार बिहान रड प्रहार गरी बान्तवालाई गम्भीर घाइते बनाएका थिए । बान्तवाको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको थियो।जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले कुमारलाई उनकै डेराबाट पक्राउ गरेको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 682 पटक पढिएको
  • शंखमुलमा ४१ वर्षीय पुरुषको हत्या गरी फरार रहेका २२ वर्षीष युवक पक्राउ

    काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका–१०, शंखमुलमा ४१ वर्षीय रुपक बान्तवा राईको हत्या गरी फरार रहेको अभियोगमा एक जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालका–७ घर भई हाल काठमाडौं–१० साईबाबा पार्क बस्ने २२ वर्षीय एमके कुमार रहेका जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।उनले भने, 'यही भदौ १० गते काठमाडौं–१० शंखमुल साईबाबा पार्कस्थित लक्ष्मी बान्तवाको दुई तले घरको भुईं तल्लाको सटरभित्र निजको छोरा ४१ वर्षीय रुपकले सञ्चालन गरेको पुल हाउसमा उनलाई कुटपिट गरी घाइते बनाइ फरार भएको र निजको राति नै मृत्

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 449 पटक पढिएको
  • प्रधानमन्त्री ओलीद्धारा प्रकाश तामाङलाई नागरिकता दिलाउन पहल

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश तामाङलाई नागरिकता दिलाउन पहल थालेका छन् । उनलेले हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि चासो व्यक्त गर्दै सचिवालयमार्फत प्रस्तोता विद्या चापागाईँसँग सम्पर्क गरेको उल्लेख गर्दै नागरिकता दिलाउनेबारे चर्चा भएको जानकारी गराएका हुन् । प्रकाश तामाङलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको थाहा पाएपछि प्रधानमन्त्रीले राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर कुरा गरेका थिए । प्रधानमन्त्री ओलीका अनुसार गृहसचिवले प्रकाशलाई दुईरचार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्नेगरी व्यवस्था मिलाइएको छ । यसबारे प्रकाशलाई पनि जानकारी गराइएको छ ।&nb

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 676 पटक पढिएको
  • प्रकाश तामाङको कथा हेरेर रोए प्रधानमन्त्री ओली, भेटेर कुरा गर्ने इच्छा !

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेर्ने कथा’ टेलिभिजन कार्यक्रममा प्रसारित भएको प्रकाश तामाङको कथाप्रति गहिरो चासो व्यक्त गरेका छन् । बाल्यकालमा काठमाडौंमा गलैंचा कारखानामा काम गर्न आएका प्रकाश वर्षौंसम्म परिवारबाट टाढा रहेर हिमालयको चुम भ्याली पुगेका थिए । कार्यक्रमले प्रकाशलाई उनको परिवारसँग पुनर्मिलन गराएको कथा प्रस्तुत गरेसँगै यो विषय चर्चामा रहेको छ । प्रधानमन्त्री ओलीले यो कथा हेरेर निकै भावुक भएको भन्दै प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहेको बताएका छन् । प्रधानमन्त्री ओलीले प्रकाशको भिडियो साझा गर्दै फेसबुकमा लेखेका छन्, हामी दुःखको आँसुसँग मात्र परिचित छौँ। चाहे सुखका हुन् वा

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 742 पटक पढिएको
  • हेटौँडाबाट काठमाडौँ जाने दुईवटा सडक पहिरोले अवरुद्ध

    हेटौँडा-  निरन्तर परेको पानीले हेटौँडा–काठमाडौँ जोड्ने २ वटा सडक अवरुद्ध भएका छन्।  सडकमाथिबाट खसेको लेदोसहितको पहिरोले सिस्नेरी–कुलेखानी–फर्फिङ–काठमाडौँ सडक र कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएका हुन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार सोमवार ३ बजेर ५० मिनेटमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भन्ज्याङस्थित सिस्नेरी-कुलेखानी-फर्फिङ-काठमाडौँ सडकमा लेदो खसेर बाटो अवरुद्ध भएको हो। प्रहरी चौकी सिस्नेरीबाट खटिएको टोलीसहित सडक डिभिजन कार्यालयसँग समन्वय गरी जेसिबीले सडक खोल्न लेदो हटाइरहेको जानकारी उनले दिए। यसैगरी मकवानपुरको

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 549 पटक पढिएको
  • सुर्खेतबाट बुटवल जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

    काठमाडौँ- सुर्खेतबाट बुटवल जाँदै गरेको लु २ ख १५९८ नम्बरको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा दुर्घटना भएको छ। दिउँसो साढे २ बजेतिर भएको बस दुर्घटनामा परेर १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। घाइते केहीको सामान्य उपचारपश्चात डिस्चार्ज भइसकेको छ। बाँकी ९ जनालाई मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ।  अन्यको स्थानीय अस्पतालहरूमा उपचार जारी छ। 

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 362 पटक पढिएको
  • हेटौँडाको होटलमा युवती मृत फेला

    हेटौँडा- हेटौँडाको एक होटलमा युवती मृत अवस्थामा फेला परेकी छिन् । हेटौँडा–१०, भुटनदेवी मन्दिर रोडस्थित रत्न होटलको कोठाभित्र युवती मृत फेला परेकी हुन् ।आइतबार साँझ होटलको कोठा बुक गरेर अन्दाजी ३० वर्षका पुरुषसँग बसेकी हेटौँडा–११ की २३ वर्षीया एलिशा न्यौपाने सोमबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सोमबार बिहान ढोका खोलेर हेर्दा युवती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।उनका अनुसार मृतक युवतीको आँखामा चोट देखिएको छ । आइतबार साँझ ५ बजेको समयमा होटलमा एक युवकसँग न्यौपाने होटल पुगेकी थिइन् । सोमब

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 366 पटक पढिएको
  • पृथ्वी राजमार्ग आठ घण्टापछि सञ्चालन‚ निकालियो भारतीय बस

    काठमाडौं–पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि पुनः सञ्चालनमा आएको छ । राजमार्ग गत शुक्रबार मस्र्याङ्दी नदीमा दुर्घटनाग्रस्त भएको भारतीय यात्रु बस निकाल्नका लागि आज बिहानदेखि बन्द गरिएको थियो । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा पोखराबाट काठमाडौं आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटनाग्रस्त भएको थियो ।  जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार आज बिहान सडक खुलाउनेगरी काम थालिएको भएपनि क्रेनको हुक भाँचिएपछि केही ढिलाइ भएको हो । बुम पुनः जडान गरी बस सफलतापूर्वक निकालिएपछि यातायात सेवा

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 500 पटक पढिएको
  • यी हुन् भारतमा बस दुर्घटनामा घाइते भएका नेपाली

     काठमाडौँ- नेपाली तीर्थयात्री सवार भारतीय बसमा रहेका घाइतेको पहिचान खुलेको छ। बाराबाट भारतको झारखण्ड राज्यमा अवस्थित बाबाधाम देवघरको लागि हिँडेको नेपाली तीर्थयात्रीहरु चढेको बस आइतवार बिहान बिहारको समस्तीपुरको एनएच (नेसनल हाइवे) २८ मा दुर्घटना हुँदा ३६ जना बढी घाइते भएको भारतीय प्रहरीले जनाएको छ।तीब्र गतिमा आएको ट्रकले ठक्कर दिएपछि बस सडकमै पल्टिएको थियो। बसमा ४३ जना सवार रहेकामा अधिकांश घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ।दुर्घटनालगत्तै मुसरीघरारी थानाबाट पुगेको प्रहरीले घाइतेहरूलाई अस्पताल पुर्‍याएका थिए। भारतीय प्रहरीका अनुसार घाइतेहरूमध्ये २० जनाल

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 475 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.