भारत— बिहारको नालन्दा जिल्लाका तल्लो तटीय क्षेत्रमा बाढी आएको छ भने चट्याङ लागेर २० जनाको मृत्यु भएको छ। हिमाचल प्रदेशमा भारी वर्षाका कारण १०६ जनाको मृत्यु भएको छ र ८१८ करोडको क्षति भएको छ।
दिल्ली विमानस्थलमा खराब मौसमका कारण ६ वटा उडान डाइभर्ट गरियो, र अमरनाथ यात्रा स्थगित गरियो।
नयाँ दिल्ली । भारतको बिहारको नालन्दा जिल्लाका धेरै तल्लो तटीय क्षेत्रहरूमा बाढीको अवस्था छ । झारखण्डमा वर्षाका कारण बाढी आएपछि फाल्गु नदीमा पानीको सतह निरन्तर बढिरहेको छ ।
बुधबार राज्यका विभिन्न जिल्लाहरूमा चट्याङ लागेर २० जनाको मृत्यु भएको खबर आएको छ । तर यस सिजनमा अहिलेसम्म औसतभन्दा ४६ प्रतिशत कम वर्षा भएको छ ।
जुन २० देखि भारी वर्षाका कारण हिमाचल प्रदेशमा १०६ जनाको मृत्यु भएको छ । साथै, मुसलधारे वर्षा र बादल फुट्ने जस्ता घटनाहरूले ८१८ करोड रुपैयाँको सरकारी र निजी सम्पत्तिमा क्षति पुर्याएको बताइएको छ । दिल्ली–एनसीआरमा पछिल्लो एक हप्तादेखि भारी वर्षा जारी छ । पछिल्लो तीन दिनदेखि निरन्तर वर्षा भइरहेको छ ।
खराब मौसमका कारण बुधबार दिल्ली विमानस्थलमा अवतरण गर्ने ६ वटा उडानहरू डाइभर्ट गर्नुपरेको थियो । आसामको दिमाहासाओमा राष्ट्रिय राजमार्ग निर्माणको क्रममा पहिरोमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जम्मू कश्मीरमा भारी वर्षा को चेतावनीका कारण अमरनाथ यात्रा स्थगित गरिएको छ ।