काठमाडौं–गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि केरूङमा अलपत्र परेका नेपाली नागरिकलाई वैकल्पिक मार्गबाट स्वदेश फर्काउने तयारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार चीनको केरूङ क्षेत्रमा फसेका झण्डै १,२०० नेपालीलाई स्वदेश फर्काउन परराष्ट्र मन्त्रालयमार्फत् चिनियाँ सरकारसँग औपचारिक अनुरोध गरिएको छ।

चिनियाँ पक्षले अहिले त्यहाँ रहेका नेपालीको खाना र बसोबासको व्यवस्था गरेको छ। अलपत्र परेकामध्ये ९१ जना मालवाहक सवारीका चालक र सहचालक छन्।

त्यस्तै, कामको सिलसिलामा केरूङ पुगेका थप ११७ जनाले पनि घर फर्कन व्यवस्था मिलाइदिन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरेका छन्।