धनुषा – धनुषा जिल्ला अदालतले आर्थिक वर्ष २०८१÷८२ मा दश वर्ष यताकै सबैभन्दा बढी मुद्दाहरु फर्छौंट गरेको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै जिल्ला अदालत धनुषाका प्रमुख न्यायाधीश चुडामन खड्काले २०८१÷८२ मा कुल ५६.८९ प्रतिसत मुद्दा फर्छौंट भएके जानकारी दिए । उनले विगत १० वर्षको तथ्यांकसंग तुलना गरेर यो वर्ष सबै भन्दा बढी मुद्दा फर्छौंट गर्न सफल भएको बताए ।
नयाँ तथा पुराना मुद्दाहरु कुल ९ हजार ९ सय ३२ रहेकोमा जिल्ला अदालतले सार्वजनिक गरेको ३० गत्तेसम्मको तथ्यांक अनुसार जम्मा ५ हजार ६ सय ४९ वटा ुमुद्दा फरुछौंट भएको छ ।
जिल्ला न्यायाधीश खड्काका अनुसार अदालतलाई वार्षिक ६५ प्रतिसत मुद्दाको फर्छौंट गर्नु पर्ने लक्ष्य तोकिएको हुन्छ । तर नयाँ मुद्दा अपेक्षा भन्दा बढी दर्ता भएका कारण तोकिएको लक्ष्य पूरा हुन नसकेको हो ।
जिल्ला अदालत धनुषाका अनुसार अदालतमा १८ महिना पुगेका मुद्दाको संख्या २ हजार ७८ रहेकोमा १ हजार ८ सय ३९ मुद्दाको फैसला भएको छ ।
त्यस्तै, जिल्ला अदालत धनुषामा पारिवारिक इजलास सम्बन्धी ५ सय ८२ मुद्दा रहेकोमा ३ सय ६ वटा मुद्दा फर्छौंट भएको प्रमुख जिल्ला न्यायाधीश खड्काले जानकारी दिए । उनका अनुसार गोला प्रथा माध्यमबाट बेन्च तोक्ने प्रक्रिया सुरु भएदेखि अदालतप्रतिको विश्वास सर्वसाधारणमा बढेको छ । त्यस्तै प्रविधिको विकास र मिटरब्याज सम्बन्धी कानुन निर्माण भएदेखि अदालतमा मुद्दाको संख्यामा वृद्धि भएको उनले बताए ।