समाज

    Showing 8,531-8,540 of 10,220 items.
  • भर्ना अभियानमा हिँडेका शिक्षकको स्कुल बसबाट खसेर मृत्यु

    काठमाडौं— स्कुल बसको ढोकाबाट खसेर बैतडीमा एक जना शिक्षकको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–४ कपिन्ना घर भएका २८ वर्षीय विष्णुदत्त भट्टको बसको ढोकाबाट खसेर शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए ।दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर — ९ गोकुलेश्वरमा रहेको चौलानी बोर्डिङ स्कुलमा कार्यरत भट्ट बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याएको र उपचारका क्रममा उनको शनिबार साँझ सवा ६ बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक बडूले बताए  ।विद्यालय भर्ना अभियानका लागि गोकुल

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 450 पटक पढिएको
  • माइक्रोबस र स्कुटर एकआपसमा ठोक्किँदा दुईको मृत्यु, १४ जना घाइते

    काठमाडौं— डुम्रे–बेँसीसहर खण्डअन्तर्गतको भानु नगरपालिका–१० कालीमाटीमा आइतबार (आज) माइक्रोबस र स्कुटर एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ग२६प ४०५८ नम्बरको स्कुटर आपसमा ठोक्किँदा माइक्रोमा सवार एक र स्कुटरमा सवार एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।उनकाअनुसार मृतकको सनाखत हुन बाँकी छ। माइक्रोबसमा सवार पुरुषको लमजुङमा र स्कुटरमा सवार महिलाको दमौली अस्पतालमा मृत्यु भएको थापाले बताए।गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लाग

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 323 पटक पढिएको
  • मोटरसाइकल चढेर आएको व्यक्तिले युवतीमाथि गोली प्रहार

    काठमाडौं— रूपन्देहीको बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । बुटवल उपमहानगर ११ बुद्धनगरमा बिहान साढे ९ बजेतिर एक युवतीमाथि गोली प्रहार भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। उनको परिचय नखुलेको र ढाडमा गोली लागेको प्रहरीले जानकारी दिएको छ।गम्भीर अवस्थामा रहेकी उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।मोटरसाइकल चढेर आएको व्यक्तिले गोली हानेर भागेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ। 

    • प्रकाशित मितिः वैशाख ६, २०८२
    • 376 पटक पढिएको
  • दाउन्ने खण्डः हिलाम्मे सडक र लामो जामका कारण यात्रु हैरान

    काठमाडौं— लगातारको वर्षाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डको सडक हिलाम्मे हुँदा यातायात प्रभावित भएको छ । बिहीबारको वर्षाले सडक चिप्लो भएपछि उकालोमा मालबाहक गाडी फस्ने र चिप्लिने घटनाले सवारी जाम बढेको हो । शुक्रबार बिहानको वर्षाले स्थिति अझ जटिल बनाएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर, पैसठ्ठी मोड र घ्यूखोला आसपास हिलोका कारण सवारी आवागमन कठिन बनेकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । यद्यपि, एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।सडक निर्माण अन्तर्गत हाल दाउन्ने खण्डमा वाल लगाउने, भित्तो काट्ने

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 243 पटक पढिएको
  • पत्रकार हुँ भनेर धम्की दिने पक्राउ

    काठमाडौं— पत्रकार हुँ भनेर व्यापारीलाई धम्की दिने एकजनालाई प्रहरीले बाराको प्रसौनी गाउँपालिबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१० घर भएका ४५ वर्षीय विष्णु सर्राफ छन् । उनले व्यापारीलाई धम्की दिएर रकम असुलेको भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितले बताए । उनीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 324 पटक पढिएको
  • पानीसहित चट्याङ पर्ने सम्भावना, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

    काठमाडौं— जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भोलिसम्म नै देशका विभिन्न भू—भागहरूमा पानीसहित चट्याङ पर्ने जनाएको छ। मौसमविद् बिनु महर्जनले भोलि कोशी र बागमती प्रदेशका थोरै ठाउँहरूमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको जानकारी दिइन्।उनका अनुसार सोही दिन मधेश,गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना देखिएको छ। यी स्थानहरूमा हावाहुरीसहित चट्याङ पर्ने देखिएकाले सतर्क रहन उनले आग्रह गरिन्।भोलिसम्म नै पानी पर्ने देखिएकाले ती स्थानमा  मुसुरो, गहुँ लगायतका बाली अहिले नकाट्न महाशाखाले आग्र

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 292 पटक पढिएको
  • बाल यौन दुरुपयोगको आरोप लागेका रामबहादुर बम्जनले पाए सफाइ

    काठमाडौं— उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको आरोपबाट रामबहादुर बम्जनलाई सफाइ दिएको छ । जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो ।भट्ट र भण्डारीको इजलासले ६ चैत, २०८० मा रामबहादुरसँगै बाल यौन दुराचारको आरोप खेपेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई पनि सफाइ दिएको हो । उनीहरू दुवैले जिल्ला अदालतमा पनि सफाई पाएका थिए ।जिल्ला अदालत सर्लाहीले १७ असार, २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 317 पटक पढिएको
  • पानी परेपनि काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

    काठमाडौं— काठमाडौं उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेको छ । पछिल्लो रेकर्डअनुसार काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरमध्ये दोस्रो स्थानमा रहेको छ । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार बिहान ११ः२५ मा काठमाडौंको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १६१ छ । पहिलो स्थानमा बङ्गलादेशको ढाका सहर रहेको छ । यहाँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १६९ रहेको छ । जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ ।नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांकअनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्व

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 427 पटक पढिएको
  • मकवानपुरमा बस दुर्घटना १६ जना घाइते

    काठमाडौं— पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा बिहीबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन्।इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेहरुको उद्धार गरी उपचारको लागि चितवन अस्पतालतर्फ पठाएको कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए। बस चालक बाराको कोल्बी नगरपालिका—११ का २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 315 पटक पढिएको
  • आज भक्तपुर जाने होइन सिन्दुरे जात्रा हेर्न ? सुजनले तेस्रो पटक जिब्रो छेड्दै

    काठमाडौं— भक्तपुरमा बिस्का जात्राअन्तर्गत मध्यपुर थिमिमा आज विभिन्न देवी–देवताको खटसहित बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा गरी मनाइँदै छ।सिन्दुर जात्रामा थिमि क्षेत्रको ३२ वटा खट बालकुमारी मन्दिर परिक्रमा गरेपश्चात नगर परिक्रमा गर्दै मनाउने प्रचलन छ।तर विवादका कारण २०५६ सालदेखि नगदेश, बोडे, टिगनीको खट बालकुमारी मन्दिर परिक्रमा गर्न नआएपछि अहिले १९ वटा खट मात्रै मन्दिर परिक्रमा गरेर यो जात्रा मनाउन लागिएको हो। मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ। जात्रामा जात्रालुहरूले प्रत्येक चोक, चौबाटो, घर र टोलमा सिन्दुर छर्ने गर्दछन्।काया बाजा, भुस्याबाजा,

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 224 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.