पाँचथर— जिल्लाको याङवरक गाउँपालिका–२ का दुई बालबालिका पाँचदिनदेखि बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा आज बिहान १० वर्षीय शिशिर राई र ५ वर्षीया नानुमा राईको शव स्थानीय बिरुवा खोलामा भेटिएको छ। दुवै जना बालबालिका पूर्ण आधारभूत विद्यालयमा कक्षा ४ र १ मा अध्ययनरत थिए।

बालबालिका बेपत्ता भएपछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीले खोजी कार्य तीव्र पारेका थिए। पाँच दिनको खोजीपछि उनीहरू मृत अवस्थामा फेला परेपछि गाउँ शोकमा डुबेको छ।

घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।