समाज

    Showing 8,481-8,490 of 10,220 items.
  • चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— चोरी र लिखत सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–४ खोरीयागाउँ बस्ने २६ वर्षीय शिलबहादुर तामाङ रहेका छन्।शिलबहादुरमाथि भएको चोरी र लिखत सम्बन्धी कसुर मुद्दामा उच्च अदालत पाटनको २०८० जेठ ५ गतेको फैसलाले ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुर पेस गरिएको छ ।

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 390 पटक पढिएको
  • धादिङबाट पोखरा जाँदै गरेको माइक्रो दुर्घटना, तीन जनाको मृत्यु

     धादिङ— धादिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाका झाङमाया गुरुङको सनाखत भएको छभने दुई जना पुरुषको सनाखत हुन बाँकी छ।दुर्घटनामा घाइते आठ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हावाहुरीसहित पानी परिरहेको अवस्थामा दुर्घटना भएको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 309 पटक पढिएको
  • दिल्लीको एक घरमा चोरीमा संलग्न ८ नेपाली कैलालीबाट पक्राउ

     कैलाली— भारतको दिल्लीमा गत ११ अप्रिलमा कपिल बद्रीलालको घरमा भएको ठूलो चोरी प्रकरणमा संलग्न ८ नेपाली नागरिकलाई कैलालीबाट पक्राउ गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय दूतावासको अनुरोधपछि समन्वय गर्दै उनीहरुलाई पक्राउ गरिएको हो।पक्राउ पर्नेमा अछाम मेल्लेखका राजेश साउद, गोकुल साउद, सुरेश साउद, धनगढीका एसके सुनचाँदी पसलका सञ्चालक सुरेश बर्मा, दिपेन्द्र सोप, रोविक सुनचाँदी पसलका सञ्चालक रोहित सिंजापती, गोदावरीका मीनबहादुर गुरुङ र ज्ञानेन्द्र खड्का छन्।प्रहरीका अनुसार उनीहरूबाट २८ लाख नेपाली रुपैयाँ, २४० ग्राम सुन, १३ तोला सुनका गरगहना, ४.९ किलो चाँदी र ४ वटा घडी बरामद गर

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 332 पटक पढिएको
  • भरत तालमा डुबेर एक पुरुषको मृत्यु

    सर्लाही— सर्लाहीको बागमती नगरपालिका–१२ स्थित निर्माणाधीन बागमती माछा पोखरी  (भरत ताल) मा डुबेर एक पुरुषको मृत्यु भएको छ।मृत्यु हुनेमा सोही नगरपालिका- ४ जिरायत बस्ने ६७ वर्षीय पाले सार्कीको तालमा डुबेर मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय हरिवनका अनुसार सार्कीलाई तालमा मृत भेटिएका थिए । उनलाई उक्त तालमा मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।अत्यधिक गर्मी भएपछि गर्मी छल्न पौडी खेल्न तालभित्र पस्दा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ ।मृतकको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमपछि परिवारले बुझेका छ्न् ।घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 351 पटक पढिएको
  • ग्याँस लिक भएर काठमाडौंको मखनटोलमा आगलागी हुँदा एक महिलाको मृत्यु

    काठमाडौं— ग्याँस लिक भएर बुधबार बिहान काठमाडौंको मखनटोलमा भिषण आगलागी भएको छ । आगलागीमा परी स्थानीय एक महिलाको मृत्यु भएको छ ।काठमाडौं महानगरपालिका– २४ मा रहेको मखनगल्ली टोलमा बस्ने दयाराम श्रेष्ठको घरमा ग्यास लिक हुँदा आगलागी सुरु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको श्रेष्ठको ४ तले घरमा आगलागी भएको थियो । माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भएर आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार अहिले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र काठमाडौं महानगर प्रहरी आगो निभाउन परिचालन गरिएको छ। आगलागीमा परी महिलाको ज्यान

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 334 पटक पढिएको
  • प्रतिबन्धित लागूऔषधसहित १२ जना पक्राउ

    विराटनगर— झापा, मोरङ, सुनसरी र भोजपुरको बिभिन्न स्थानहरुबाट वैशाख २८ गते लागूऔषध ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३३ बर्षीय उत्तम कार्की, २५ बर्षीया निर्मला थापा, २९ बर्षीय बसन्त तामाङ, २० बर्षीय दिवश तामाङ, २५ बर्षीय धिरज राई, २४ बर्षीय संजय राई, १९ बर्षीय मौसम राई, २० बर्षीय रेन्जि शेर्पा, २० बर्षीय संगित राई, २० बर्षीय युकेश राई, १९ बर्षीय उचित राई र २९ बर्षीय दिपेश राई रहेका छन् ।झापाको बुद्धशान्ती गाउँपालिका–३ बुधबारे बजार स्थितबाट स्थानका ३३ बर्षीय उत्तम कार्कीलाई ३ ग्राम १ सय ५० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले न

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 354 पटक पढिएको
  • आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ

    दाङ— आफ्नै श्रीमान् ६५ वर्षीय पुनाराम सुनारी मगरको हत्या गरेको अभियोगमा बंगलाचुली गाउँपालिका–७ हल्दी बस्ने ५० वर्षीया संगीता सुनारी मगरलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।संगीताले घरायसी विवादको क्रममा दाउराको चिर्पट प्रहार गर्दा पुनारामको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हासिँपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 286 पटक पढिएको
  • मेला गएर फर्कने क्रममा बाढीले बगाउँदा महिला बेपत्ता

    काभ्रेपलाञ्चोक— सोमबार दिउँसो परेको अविरल वर्षापछिको बाढीमा एक महिला बेपत्ता भएकी छन् । बेपत्ता महिलाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँ निवासी ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन्।मेला गएर फर्कने क्रममा उक्त खोलामा आएको बाढीले उनलाई बगाएको हो। कार्यालयका अनुसार प्रहरी टोली र स्थानीयले निरन्तर खोजी गरे पनि सोमबार राति अबेरसम्म फेला नपरेपछि खोजीकार्य स्थगित गरिएको थियो।मंगलबार (आज) बिहानदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी प्रहरीसहितको टोली परिचालित गरी पुनः खोजीकार्य सुरु गरिएको प्रनाउ घलेले बताए। सोामबारको

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 301 पटक पढिएको
  • निकिताद्वारा व्लड क्यान्सर पिडितलाई आर्थिक सहयोग

    सर्लाही— बागमती नगरपालिका वडा नंं ११ घर भएका विनय बि.क. लाई ५०,००० नगद सहयोग गरेका छन् । विगत १ बर्ष देखि क्यानसर सँग लड्दै आए विकलाई नगद उपलब्ध गराएका हुन् ।सर्लाही हरिवन नगरपालिकाकी निकिता लाखे परियारले सहयोग सङकलन गरि ५०,००० रुपैयाँ नगद विनयको परिवारलाइ हस्तानतरण गरेकी हुन । न्युन आर्थिक अवस्था भएकाले क्यान्सर पीडितलाई सो रकम उपलब्ध हस्तान्तर गरेको हुन् ।

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 680 पटक पढिएको
  • गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

    गुल्मी— गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मुसिकोट नगरपालिका –६ भुवाचिदीका १७ वर्षीय ग्रीष्म शर्मा रहेका छन् ।जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार शर्मा तीन जना साथीहरूसँगै हिजो दिउँसो पौडी खेल्न छल्दी खोलामा गएका थिए ।

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 390 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.