समाज

    Showing 8,341-8,350 of 10,206 items.
  • दुई वटा प्याराग्लाइडिङ अनियन्त्रित भई दुर्घटना

    पोखरा— ल्यान्डिङ गर्ने क्रममा बुधबार पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटनामा परेका छन् । पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको हो । सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले चार जनालाई दिउँसो करिब ३ बजे सकुशल उद्धार गरेको  हो उद्धार गरिएकाहरूमा भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेस यादव र ३५ वर्षीय चन्दनकुमार पटेल तथा अग्नि प्याराग्लाइडिङका पाइलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाइडिङ पाइलट २८ वर्षीय विश्वास

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 232 पटक पढिएको
  • हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर खनालको घटनास्थलमै मृत्यु

    झापा— कचनकवल गाउँपालिका–७ मा हात्तीलाई छेक्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।आफ्नै बारीमा लगाइएको विद्युतीय तारको करेन्टबाट ५७ वर्षीय किर्खनाथ खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।हात्तीबाट अन्नबाली जोगाउन खनाल आफैँले बारीको वरिपरि विद्युतीय तारबारले घेरबार गरेको र आज बिहान बाख्रा चराउन जाँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रवक्ता खड्काको भनाइ छ । 

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 246 पटक पढिएको
  • ११ वर्षीया बालिका तीन दिनदेखि बेपत्ता भइन्

    हुम्ला— जिल्लाको सिमकोट गाउँपालिका–७ धारापोरी गाउँकी एक बालिका तीन दिनदेखि बेपत्ता भएकी छन् । यही जेठ २६— गते पाँच जना साथीहरूसँग खेल्न गएकी सुनसरी सिंह बेपत्ता भएको बुबा देवी सिंहले बताए। विद्यालयदेखि फर्केपछि घरमा खाजा खाएर साथीहरूसँग खेल्न गएकी सुनसरी राति अबेरसम्म घर नफर्केपछि खोजी गर्दा भेट्टाउन नसकेको बुबा सिंहको भनाई छ । परिवारका सदस्य र स्थानीयले खोजी गर्दा नभेटिएपछि २७ गते बिहान प्रहरीलाई खोजतलासका लागि आग्रह गरेको उनले बताए। बेपत्ता बालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जेवी सिंहको नेतृत्वमा सिमकोटबाट तीन जना र धारापोरी प्रहरीचौकीको टोली खटिएको

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 440 पटक पढिएको
  • पूर्वाञ्चल दैनिकका व्यवस्थापक ढकाललाई पितृशोक

    झापा— पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाललाई पितृ शोक परेको छ । कनकाई नगरपालिका ६ चम्पापुरस्थित विद्यापति ढकालको ८९ वर्षको उमेरमा आज विहान निधन भएको हो । वि.स. १९९३ साल जेठ ८ गते जन्मिएका ढकाल सामाजिक एवम् धार्मिक व्यक्तित्वका रुपमा परिचित थिए । उनी  केही समय अघिदेखि अस्वस्थ्य रहेका थिए ।स्व. ढकालका श्रीमती हरिमाया ढकाल सहित ५ छोरा र ४ जना छोरी रहेका छन् । जसमा सीके अंकल काईला छोरा हुन् ।ढकालका पाँच छोरा वुहारीहरुमा वेदप्रकाश – चन्द्रमाया, नरेन्द्र– गोमा, खेमराज – उर्मिला, चन्द्रकान्त – अम्विका, कमल – देवका रहेका छन् । चार छोरीहरु डम्वर कुमारी, रुकमिणा, चन्द्रकला र तीलरुपा रहेक

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 386 पटक पढिएको
  • प्रतिबन्धितलागू औषधसहित विभिन्न ठाउँबाट ५ जना पक्राउ

    मोरङ— मोरङ, झापा र उदयपुरबाट प्रहरीले लागू औषध सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्याम कुमार यादव, अन्जु मण्डल, अशारु चौधरी, रोनिस दाहाल र बसन्त मोते रहेका छन् ।मंगलबार बेलुका ६ बजे मोरङको विराटनगर महानगरपालिका १६ हुलासचौक स्थितबाट लागू औषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले कोशी गाँउपालिका वडा नं.३ बस्ने श्याम कुमार यादवलाई ब्राउन सुगर १ ग्राम ५१० मिलिग्राम सहित पक्राउ गरिएको छ ।सोही दिन झापा भद्रपुर नगरपालिका ४ डाँगीबारी स्थितबाट वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ अनारमनि बस्ने अन्जु मण्डल र बिर्तामोड नगरपालिका १ सुर्यनगर बस्न

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 322 पटक पढिएको
  • झापामा तीनजना मृत अवस्थामा फेला परे

    झापा— झापामा तीनजना मृत फेला परेका छन् । आज बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । अर्जुनधारा–४ मा भेटिएको शवको भने सनाखत हुन बाँकी छ । बिर्तामोड–२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेका छन् । तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रवक्ता खड्काले बताए । 

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 338 पटक पढिएको
  • पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको आरोपमा पक्राउ पुर्जी जारी

    काठमाडौं — पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिएको पुष्टि भएको छ। प्रहरीका एक उच्च स्रोतले विद्युतीय कारोबार ऐन अन्तर्गत पाठकमाथि अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।प्रहरी स्रोतका अनुसार, "दिलभूषण पाठकविरुद्ध साइबर अपराध अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको हो। अन्य विषयहरु अनुसन्धानको क्रममा छन्।" यद्यपि, कसले उजुरी दिएको हो र कुन आधारमा दर्ता गरिएको भन्नेबारे भने प्रहरीले विवरण सार्वजनिक गरेको छैन।पाठकमाथि उजुरी प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा परेको थियो। त्यसपछि ब्यूरोले पक्राउ पुर्जीका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति मागेको र अदालतल

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 665 पटक पढिएको
  • झापामा तीन जना मृत फेला

    झापाका तीन स्थानमा तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएका हुन् ।बिर्तामोड–२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेका हुन् । अर्जुनधारा–४मा भेटिएको शवको भने परिचय खुलेको छैन ।तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 355 पटक पढिएको
  • आज कविर दास जयन्ती, मधेशमा सार्वजनिक बिदा

    काठमाडौं— मधेश प्रदेश सरकारले आज (बुधबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ।मधेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गरी कविर दास जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिएको जानकारी गराएको हो।मधेश प्रदेश सरकारले गएको चैत २२ गते प्रकाशित गरेको राजपत्रमा ०८२ सालमा दिइने थप बिदा सम्बन्धी सूचनामा आज कविर दास जयन्तीको अवसरमा पनि बिदा दिने उल्लेख थियो।

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 237 पटक पढिएको
  • १३ लाखभन्दा बढी भन्सार छलेर भित्र्याइएका सामान बरामद

    पर्सा— सशस्त्र प्रहरी बल नेपालको पर्सा इकाइले भन्सार छलेर भित्र्याइएका १३ लाख ७१ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ। सशस्त्र प्रहरीले विभिन्न स्थानबाट सो परिमाणको भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गरेको हो।सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहका अनुसार सशस्त्र प्रहरीले वीरगञ्ज महानगर-१० बजरंगस्थित सुधा कुञ्जबाट धीरज रौनियारले भारतबाट अवैध रूपमा भन्सार छली चोरीपैठारी गरी ल्याई गोदाममा भण्डारण गरी राखेको सात लाख ७० हजार ५०० मूल्यका कपडा बरामद गरेको छ।सशस्त्र प्रहरीले बीआर०५यु ४५३० नम्बरको करिब एक लाख ५० हजार मूल्य पर्ने सुपर स्प्लेन्डर भारतीय मोटरसाइकल पनि बरा

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 495 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.