समाज

    Showing 8,271-8,280 of 10,202 items.
  • सर्पको टोकाईबाट १३ वर्षीय किशोरको मृत्यु

    डडेल्धुरा— परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ । जोगबुडास्थित इलाका प्रहरी कार्यालयका प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो । तत्काल अस्पताल पु¥याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए। 

    • प्रकाशित मितिः असार ५, २०८२
    • 201 पटक पढिएको
  • बाढीपहिरो स् विभिन्न राजमार्गका ६ स्थानमा सडक पूर्णरुपमा अवरुद्ध

    काठमाडौं— बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गका सडक अवरुद्ध भएका छन् । बिहीबार बिहान नेपाल प्रहरीले दिएको जानकारी अनुसार वर्षासँगैको बाढीपहिरोका कारण देशका ११ मुख्य राजमार्ग अवरुद्ध भएको जनाएको छ ।धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, ग्याग्दी, गुल्मी, जुम्ला र डोटी जिल्लामा पर्ने ती मुख्य राजमार्गका सडक अवरुद्ध बनेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये ६ वटा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् भने पाँच वटक सडक एकतर्फी सञ्चालनमा छन् ।सिन्धपाल्चोकको भोटेकोशीमा पहिरोका कारण अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिकाको कोदारी, लार्चा र कोप्लाङमा पहिरो खसे

    • प्रकाशित मितिः असार ५, २०८२
    • 370 पटक पढिएको
  • मलद्वारमा लुकाएर सुन तस्करीः दुबईबाट आएकी भारतीय महिलाबाट एक किलोभन्दा बढी सुन बरामद

    काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेकी छन् ।एयर अरेबियाको उडानमार्फत दुबईबाट काठमाडौं आएकी उनलाई मंगलबार राति विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको हो ।शंका लागेर जाँच गर्दा मलद्वारमा प्लाष्टिकले र्याप गरेका तीन वटा डल्ला अर्धठोस सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

    • प्रकाशित मितिः असार ५, २०८२
    • 253 पटक पढिएको
  • तनहुँमा भाइरल ज्वरो र झाडापखालाका बिरामी बढ्दै

    तनहुँ— गर्मीयामसँगै प्रदेश अस्पताल दमौलीमा भाइरल ज्वरो, पखाला र टाइफाइडका बिरामीहरु बढेका छन्।  दैनिक ४५० भन्दा बढी बिरामी उपचारका लागि आउन थालेको अस्पताल स्रोतले जनाएको छ।बिरामीले बढी प्रभावित हुनेहरुमा बालबालिका, वृद्धवृद्धा र दैनिक ज्यालादारी गर्नेहरू रहेका छन्। औषधि प्रयोग गरेर पकाइएका आँप र लिची धेरै खाँदा झाडापखालाका बिरामी बढेका डा. परिवर्तन बरालको भनाइ छ।गर्मीबाट बच्न झोलिलो पदार्थको सेवन बढाउन, पानी उमालेर पिउन, र ज्वरो आएमा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्न सुझाव दिइएको छ।

    • प्रकाशित मितिः असार ५, २०८२
    • 391 पटक पढिएको
  • सुदूरपश्चिमका सीमा नाकामा कोरोनाको जोखिम कायमै

    कञ्चनपुर— भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाकामा कोरोना संक्रमणको जोखिम अझै कायम रहेको छ। कञ्चनपुरको गड्डाचौकी नाकाबाट फर्किएका बर्दियाका एक व्यक्तिमा कोरोना पुष्टि भई गम्भीर अवस्थामा महाकाली प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।जेठ २१ देखि असार ४ सम्म भारतबाट फर्किएका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमा १६ जना निको भइसकेका छन् भने सातजना होम आइसोलेसनमा छन्। सीमा नाकामा हेल्थ डेस्कमार्फत शंकास्पद बिरामीको एन्टिजेन परीक्षण हुँदै आएको छ। स्वास्थ्यकर्मीहरूद्वारा मास्क, स्यानिटाइजरको प्रयोग र क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ।

    • प्रकाशित मितिः असार ५, २०८२
    • 416 पटक पढिएको
  • घट्यो १५९ वटा कम्पनीको शेयरमूल्य

    काठमाडौं— बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा एक सय ५९ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । बुधबार नेप्सेमा भएको शेयर कारोबारमा ८८ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भयो भने एउटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।आज नेप्सेमा १.०७ अंकको गिरावट आउँदा नेप्से परिसूचक घटेर २६५३.६८ अंकमा पुगेको छ । आज नेप्सेमा नौ अर्ब ८ करोड ५८ लाख ८६ हजार ८७७ रुपैयाँको शेयर कारोबार भएको थियो भएकोमा नेप्से परिसूचक घट्दा पूँजीकरण पनि ०.०४ प्रतिशतले घटेको छ ।आज नेप्सेमा भएको शेयर कारोबारमा पियोर इनर्जीका शेयर कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने कर्पोरेट डेभलपमेन्ट बैंकका कारोबारीले सबै

    • प्रकाशित मितिः असार ४, २०८२
    • 331 पटक पढिएको
  • कारागारमा व्यवसायीको रहस्यमय मृत्युपछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात ठप्प

    डडेल्धुरा– डडेल्धुराका २८ वर्षीय युवा व्यवसायी हरिसिंह पालीको कैलाली कारागारमा रहस्यमय मृत्यु भएपछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात सेवा पूर्णरूपमा ठप्प भएको छ।बैंकिङ्ग कसुरमा पक्राउ परेका पालीको मृत्यु प्रहरीको कुटपिटका कारण भएको आरोप लगाउँदै उनका आफन्त र स्थानीय व्यवसायीहरू आन्दोलित बनेका हुन्। उनीहरूले न्यायको माग गर्दै बैतडी, डडेल्धुरा, दार्चुला, बाजुरा, अछाम र बझाङ लगायतका जिल्लाको सवारी आवागमन अवरुद्ध गरेका छन्।प्रहरीका अनुसार पालीलाई कैलाली जिल्ला अदालतले २९ फागुनमा बैंकिङ्ग कसुरअन्तर्गत १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। सोही सजाय कार्यान्वयन गर्न पालीला

    • प्रकाशित मितिः असार ४, २०८२
    • 488 पटक पढिएको
  • भोटेकोशी र सुनकोशीमा बाढीको जोखिम, स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह

    काठमाडौं— तिब्बत क्षेत्रमा भइरहेको भारी वर्षाको प्रभावस्वरूप भोटेकोशी र सुनकोशी नदीमा बाढीको सम्भावना रहेको भन्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।सिन्धुपाल्चोक जिल्लाको प्रशासन कार्यालयले असार ३ गतेदेखि ७ गतेसम्मको अवधिमा बाढीको सम्भावना उच्च रहेको भन्दै सार्वजनिक सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो।जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश नेपालीद्वारा जारी सूचनामा भनिएको छ, “भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रहरू भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिक

    • प्रकाशित मितिः असार ४, २०८२
    • 302 पटक पढिएको
  • बाढी र पहिरोले ५ वटा सडक पूर्णरूपमा अवरुद्ध, ३ वटा एकतर्फी सञ्चालनमा

    काठमाडौं— देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न स्थानका पाँचवटा सडक पूर्णरूपमा अवरुद्ध बनेका छन् भने तीनवटा सडकखण्डमा एकतर्फी मात्र सवारी आवागमन भइरहेको छ।नेपाल प्रहरीका अनुसार, सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग तीनवटै स्थानमा पहिरोले पूर्णरूपमा अवरुद्ध भएको छ। त्यसैगरी, डोल्पाको भेरी करिडोर र दार्चुलाको गोकुलेश्वर–गलंगा हाइवे सडकखण्ड पनि हाल सवारी सञ्चालन गर्न नसकिने अवस्थामा छन्।प्रहरीले बुधबार बिहान १० बजेर ४६ मिनेटमा फेसबुकमार्फत जानकारी दिँदै धनकुटाको रवि–राके–भेडेटार सडक, गुल्मीको कालीगण्डकी करिडोर र जुम्लाको जुम्ला–मुगु सडकखण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेक

    • प्रकाशित मितिः असार ४, २०८२
    • 357 पटक पढिएको
  • भन्सार छली गरेर ल्याउँदै गरिएको १२ लाखभन्दा बढीको अवैध सामान बरामद

    विराटनगर– झापा, मोरङ र सुनसरीका विभिन्न सीमावर्ती क्षेत्रहरूबाट भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको करिब १२ लाख ८५ हजार रुपैयाँ बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ।सिमावर्ती क्षेत्रमा परिचालन गरिएको प्रहरी टोलीले असार २ गतेको दिन चेकजाँचको क्रममा विभिन्न प्रकारका भन्सार नतिरी ल्याइएका सामग्रीहरू नियन्त्रणमा लिएको हो। बरामद सामानहरूमा कस्मेटिक सामग्री, लत्ता कपडा, औषधी, मोबाइलको टेम्पर ग्लास, मोटर पार्ट्स, इलेक्ट्रिक स्कुटरको ब्याट्री तथा किराना सामानहरू रहेका छन्।स्रोतका अनुसार, बरामद गरिएका सबै सामानहरू आवश्यक कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयहरूमा बुझाइएक

    • प्रकाशित मितिः असार ४, २०८२
    • 384 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.