काठमाडौं – नारायणघाट-मुग्लिन सडकको तुइन खोला पुल नजिकै ट्रकमा ढुंगा खसेको छ। 

प्लाइउड बोकेको भारतीय नम्बर प्लेटको ट्रकमा पहरोबाट खसेको ढुंगाले लागेर तीन जना घाइते भएका छन्।

ट्रक चालक भारतको बैंगलुरूका ४५ वर्षीय मेगु प्रसाद, २१ वर्षीय नहमान धुनियाँ र १८ वर्षीय सयद अफिद घाइते भएको डिएसपी रवीन्द्र खनालले जानकारी दिए।

ट्रक चालकको टाउकोमा गम्भीर चोट लागेको छ। सबैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

सडकमा खसेको ढुंगा पन्छाएर यातायात सञ्चालनमा ल्याइएको ट्राफिक प्रहरी प्रमुख गायत्री शर्माले जानकारी दिए। 


सडक डिभिजन कार्यालय भरतपुरले वर्षायामको समयमा पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर मात्रै सुरक्षित यात्रा गर्न अनुरोध गरेको छ।