समाज

    Showing 7,501-7,510 of 11,162 items.
  • विजयादशमीमा चुरेमाई मन्दिरमा भक्तजनको चहलपहल कम

    मकवानपुर— विजयादशमीको अवसरमा मकवानपुर र बाराको सिमानामा अवस्थित चुरेमाई मन्दिरमा यस वर्ष भक्तजनको भीड कम देखिएको छ । प्रत्येक वर्ष विजयादशमीका दिन विशेष पूजा तथा बलि चढाउने परम्परा हुने मन्दिरमा यसपटक भक्तजनको उपस्थितिमा कमी आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।समितिका अनुसार विगतका वर्षहरूमा हजारौँ भक्तजनको उपस्थितिमा पूजाआजाका कार्यक्रम हुने चुरेमाई मन्दिरमा यस वर्ष अपेक्षाकृत कम मात्र श्रद्धालु पुगेका छन् । समितिले यसपटकको कम उपस्थिति विभिन्न कारणहरूले प्रभावित भएको हुनसक्ने जनाएको छ ।

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 770 पटक पढिएको
  • ‘बुलेटे आमा’ सुशिला उप्रेतीले प्रधानमन्त्री सुशीला कार्कीसंग भेटघाट गर्दै

    काठमाडौं— बुद्धशान्ति गाउँपालिका–३ की बासिन्दा सुशीला उप्रेती तिवारी, जो ‘बुलेटे आमा’ का नामले चिनिन्छिन्, उनले असोज ४ गतेदेखि नयाँ अन्तर्राष्ट्रिय बुलेट बाइक यात्रा सुरु गरेकी छन् । नेपाली महिला सशक्तिकरण, संस्कृति तथा विश्वशान्तिको सन्देश लिएर उनले यसपटक इजरायलसहित अन्य देश भ्रमण गर्ने योजना बनाएकी छन् ।६० वर्ष नाघिसकेकी ‘बुलेटे आमा’ ले यसअघि नै भारत, बङ्गलादेश, मलेसिया र थाइल्याण्ड भ्रमण गरिसकेकी छन् । बुलेट मोटरसाइकल चढ्दै ५७ भन्दा बढी जिल्लामा पुगेर नेपाली महिलाको साहस र क्षमताको परिचय दिइसकेकी उनले यसपटकको यात्रा झन् व्यापक र प्रभावशाली बनाउने लक्ष्य लिएकी छन् ।यात्राको पूर्वसन्ध्यामा ‘ब

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 857 पटक पढिएको
  • एसवाई प्यानल लिमिटेडको आईपीओ आजदेखि निष्कासन शुरु

    काठमाडौं—  एसवाई प्यानल लिमिटेडले आजदेखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५८ हजार ७१९ कित्ता शेयर निष्कासन गरेको छ ।कम्पनीले धितोपत्र बोर्डबाट ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न अनुमति पाएकोमा पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका लागि २ लाख ६१ हजार ६२७ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ९७ हजार ०९२ कित्ता सेयर छुट्याइएको हो ।आवेदकले न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उद्योग प्रभावित क्षेत्रका बासिन्दाले रत्ननगर चितवनस्थित कार्यालय, प्रभु क्यापिटल र प्रभु बैंकका शाखा तथा अनलाइ

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 524 पटक पढिएको
  • १५ वर्षे किशोरको अपहरणपछि शव भेटियो

    सिरहा—  सिरहाको गोलबजार नगरपालिका वडा नं. १३ डंग्राहा गाउँका १५ वर्षिय बालक अभिषेक सिंहको अपहरणपछि हत्या भएको छ । असोज ५ गते रातीदेखि बेपत्ता भएका अभिषेक सिंहको शव आज बिहान ६ बजे उनको घर नजिकैको आधारभूत विद्यालयको गेटमा फेला परेको हो । उनको शव आधा जलेको अवस्थामा थियो भने शरीर भर कुटपिट गरेको निसानहरु पनि थिए ।  यसबारे प्रहरीले विस्तृत अनुसन्धान गर्ने क्रम जारी छ । अभिषेकका घरपरवारले रातभरी खोज्दा पनि उनलाई नभेटेपछि अपहरणमा परेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन पनि दिएका थिए । असोज ६ गते बिहान ८ बजे अभिषेककै इमो आइडीबाट उनकी आमाको इमो आइडीमा ५ करोड फिरौती दिनु भ

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 571 पटक पढिएको
  • काठमाडौंबाट दसैं यात्राः गाउँ फर्किंदा कोही उत्साहित, कोही चिन्तित

    काठमाडौं— नेपालीहरूका लागि वर्षको सबैभन्दा प्रतीक्षित चाड वडादसैं सुरु भइसकेको छ । चाडको आगमनसँगै राजधानी काठमाडौंबाट हजारौं मानिसहरू आफ्नो जन्मभूमि, परिवार र बाल्यकालका सम्झनाहरू बोकेर गाउँ फर्किन थालेका छन् ।सहरका गल्लीहरूमा अझै चाडपर्वको रौनक उत्रिसकेको छैन तर नयाँ बसपार्क र अन्य यात्रा केन्द्रहरूमा भने घर फर्किनेहरूको गति सुरु भइसकेको छ ।काम, पढाइ र बाध्यताले काठमाडौंलाई आफ्नो दोस्रो घर बनाएका मानिसहरू, दसैंको अवसर पारेर एकछिनका लागि भए पनि आफ्ना परिवार, आफन्त र गाउँका रमाइला पलहरूमा फर्कन आतुर देखिन्छन् ।कतिले झोला भिरेका छन्, कतिले पिठ्यूमा बालबच्चा च्यापेका छन्, तिनको मुहारमा छुट्टै आशा

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 610 पटक पढिएको
  • राष्ट्रिय सतर्कता केन्द्रको कार्यालयमा क्षति, अभिलेख सुरक्षित

    काठमाडौं— राष्ट्रिय सतर्कता केन्द्रमा रहेका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन र सम्पत्ति विवरणलगायतका महत्त्वपूर्ण कागजात र अभिलेख सुरक्षित रहेका छन्। जेनजीको प्रदर्शनका क्रममा भदौ २४ गते सिंहदरबार परिसरमा भएको आगजनी र तोडफोडको घटनामा केन्द्रमा रहेका ती महत्त्वपूर्ण दस्तावेज र फाइलहरू सुरक्षित रहेको केन्द्रका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए।शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको भुइँ तल्लामा रहेको केन्द्रका करिब दुई दर्जन सवारीसाधनमा आगजनी गर्नुका साथै कुर्सी, टेबुल र दराजसहितका फर्निचर भने आन्दोलनकारीले तोडफोड गरेका थिए।कर्मचारीका कार्यसम्पादन मूल्याङ्कन, सम्पत्ति वि

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 697 पटक पढिएको
  • कर्मचारीले काम नगरे अर्थमन्त्री खनाललाई सिधै गुनासो पठाउन सकिने

    काठमाडौं— अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालय मातहतका निकाय र बैंक तथा वित्तीय संस्थाका कर्मचारीले गर्नुपर्ने काम नगरेमा सिधै मन्त्रीलाई गुनासो गर्न मिल्ने व्यवस्था गरेका छन् । सोमबार मन्त्री खनालले आफ्नो इमेल वा मन्त्रालयको टोल फ्री नम्बरमा उजुरी गर्न सूचना जारी गरेका हुन् । सोमबार मन्त्रालयले एक सूचना प्रकाशित गर्दै कर्मचारीले गर्नुपर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको वा अनुचित कार्यकाको लागि दबाब दिएको र घुस तथा रिसवत मागेमा सिधै अर्थमन्त्रीलाई इमेल गर्न मिल्ने व्यवस्था गरिएको जानकारी दिएको छ ।अर्थमन्त्री खनालले घुस वा रिसवत माग गर्ने लगायतका कुनै पनि अनावश्यक ढिलासुस्ती वा स

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 603 पटक पढिएको
  • दैलेखका लेखा प्रमुख घुससहित सुर्खेतमा पक्राउ

    दैलेख— डुङ्गेश्वर गाउँपालिकाका लेखा प्रमुख टङ्कबहादुर कार्की घुस लिएको अभियोगमा रु १ लाख नगदसहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयको टोलीले उनलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, मङ्गलगढी चोकबाट आइतबार राति नियन्त्रणमा लिएको हो।कार्की गाउँपालिकाको सातौँ तहका वरिष्ठ लेखा अधिकृत हुन्। उनलाई सडक स्तरोन्नति तथा निर्माण सम्पन्नको अन्तिम भुक्तानी प्रक्रियामा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियारको केन्द्रीय कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।पक्राउ परेपछि कार्कीमाथि आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरिएको आयोगले

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 520 पटक पढिएको
  • काठमाडौंबाट पेस्तोल, गोलीसहित एक युवक पक्राउ

    काठमाडौं— राजधानीको खरिबोटस्थित कार वास सेन्टरको पार्किङबाट पेस्तोल र गोलीसहित एक युवक पक्राउ परेका छन्।पक्राउ पर्ने व्यक्ति उदयपुरगढी गाउँपालिका–८, उदयपुर घर भई तारकेश्वर नगरपालिका–५, लोलाङमा बस्दै आएका ३० वर्षीय हिरा बहादुर मगर छन् । हिरा बहादुरले पार्किङ गरेका बा.प्र.०१–००२ प ६४४९ नम्बरको ट्याक्सीमा हातहतियार लुकाइएको सूचना पाएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुबाट टोली खटिएको प्रहरीको भनाइ छ।ट्याक्सीको डिक्की चेक गर्दा प्रहरीले ७ थान पेस्तोल, ६ थान म्यागजिन, ३३ राउण्ड एसएलआरमा प्रयोग हुने गोली, र ह्याण्डसेटको ब्याट्री फेला पारेको छ।पक्राउ परेका उनीमाथि

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 598 पटक पढिएको
  • सिरहाका ६ पालिकाको खाता अझै बन्द, कर्मचारी तलबदेखि विकास निर्माण प्रभावित

    सिरहा— चालु आर्थिक वर्ष सुरु भएको दुई महिनासम्म पनि सिरहाका छ वटा पालिकाले अझै आफ्नो बैंक खाता सञ्चालनमा ल्याउन सकेका छैनन्। यसले कर्मचारी तलब, भत्ता, र विकास निर्माणजस्ता महत्वपूर्ण काममा असर पुर्‍याएको छ।जिल्लाका १७ मध्ये ११ वटा पालिकाले मात्रै हालसम्म खाता सञ्चालनमा ल्याएका कोष तथा लेखा नियन्त्रक कार्यालय सिरहाका सूचना अधिकारी दीपेशकुमार शर्माले बताए। बाँकी ६ पालिकाले भने कानुनी प्रक्रिया पूरा गर्न नसकेकाले खाता खोल्न सकेका छैनन्।खाता बन्द रहेका पालिकाहरूमाः धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, सिरहा नगरपालिका, भगवानपुर गाउँपालिका, विष्णुपुर गाउँपालिका, रबरियारपट्टी गाउँपालिका रहेका छन् ।

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 539 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.