काठमाडौं—  एसवाई प्यानल लिमिटेडले आजदेखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५८ हजार ७१९ कित्ता शेयर निष्कासन गरेको छ ।

कम्पनीले धितोपत्र बोर्डबाट ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न अनुमति पाएकोमा पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका लागि २ लाख ६१ हजार ६२७ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ९७ हजार ०९२ कित्ता सेयर छुट्याइएको हो ।

आवेदकले न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उद्योग प्रभावित क्षेत्रका बासिन्दाले रत्ननगर चितवनस्थित कार्यालय, प्रभु क्यापिटल र प्रभु बैंकका शाखा तथा अनलाइनमार्फत आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले सम्पूर्ण आस्वा सदस्य बैंक, वित्तीय संस्था तथा “मेरो शेयर“ अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । पहिलो चरणपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्कासन गर्नेछ ।